खैरहनीको आर्थिक वर्ष ७३/७४ को लागि १५ करोड ६०लाख बढी वजेट विनियोजन

 

चितवन, २९ पुस । पूर्वि चितवनको खैरहनी नगरपालीकाले आर्थिक वर्ष ७३/७४ को लागि १५ करोड ६०लाख ५० हजारको वजेट विनियोजन गरेको छ । नगरपालीकाको आज सम्पन्न तेस्रो नगरपरिसदमा सो वजेट सार्वजनिक गरेको हो ।

जस अन्तर्गक आन्तरीक स्रोत तर्फ ४ करोड ४२ लाख ९० हजार रहेको छ भने वाह्य स्रोत वाट ११ करोड १७ लाख ६० हजार रहेको नगरपालीकाका कार्यकारी अधिकृत अम्वरनाथ ढकालले परिसदमा पेस गर्नु भएको थियो ।
नगरपालीकालाई सुन्दर शान्त वनाउन र कृर्षि क्षेत्रलाई प्रथामिकीकरण गर्ने वजेटको मुख्य लक्ष्य रहेको छ ।

सांसद शेषनाथ अधिकारी प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा । सो अवसरमा वोल्दै प्रमुख अतिथि अधिकारीले नगरपालीकाहरुले तयार पारेका विकास योजनामा टर्नेल मार्ग, रेल मार्ग लगाएतका योजनाहरु निमार्णका लागि पनि राखिनु पर्ने वताउनु भयो ।

राष्ट्रिय योजनाहरुलाई स्थानीयले प्रथामिकता दिनु आवश्यक रहेको जसका कारणले स्थानी स्तरको विकास हुन सहज हुने उहाँको भनाई थियो । स्थानीय निकायले छनोट गरेका योजनाहरुमा स्थानीय वासिन्दाको सक्रिय सहभागिता हुन जरुरी रहेको भनदै सांसद अधिकारीले हरेक विकास निमार्णमा सवै जनताको सहभागिता आवश्यक रहेको समेत वताउनु भयो ।

जनताकमो खवरदारीले मात्रै विकास निमार्ण सम्भव हुने उहाँको भनाई थियो । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश संह, नेपाली काग्रेस चितवनका प्रबक्ता साजन कुमार महतो, नेकपा एमाले चितवनका अध्यक्ष जगनाथ थपलिया, एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष एम वहादुर परियार लगाएतले वोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.