विश्व सिमसारक्षेत्र जगदिशपुर तालको सरसफाईमा नेपाली सेना खटिंदै

 

दीपकअनुरागी आचार्य,
कपिलवस्तु, २९ पुस । विश्व सम्पदा सुचिमा सुचिकृत कपिलवस्तुको निग्लिहवा गाविस स्थीत जगदीशपुर ताल आसपासको क्षेत्रलाइ सरसफाई गरिएको छ । जगदीशपुर तालमा आन्तरिक र वाह्य पर्यटक भित्रदै जादा फोहर बढ्दै गएपछि तालको आकर्षणमा कमि आउन नदिने उद्देश्यले सरसफाइ गरिएको हो ।

नेपाली सेना कालीजंग गण गोरुसिंगेको सकृयतामा स्थानीय बासिन्दा, नेपाल प्रहरी, शसस्त्र प्रहरी, सरकारी कार्यालयका कर्मचारीको सहयोगमा सरसफाइ भएको जगदीशपुर ताल बहुसरोकार मञ्चका सदस्य सचिव राकेश कर्णले बताउनुभयो ।

हरेक वर्ष जाडो महिना शूरु भएपछि जगदीशपुर तालमा घुम्न आउने आगन्तुक चरा गर्मि महिनाको शुरुवातसंगै फर्कने गर्दछन् । १ सय २८ भन्दा बढी प्रजातिका चराचुरुङ्गी, ४६ प्रजातिका माछा तथा दुर्लभ जलचरहरुको बसोबास यो तालमा छ ।

विगतका वर्षमा तालको संरक्षण हुन नसक्दा चोरी शिकारीको निशाना बनेका दुर्लभ चराचुरुडंी आजभोली भने तालमा प्रशस्तै भेटिन्छन् । १ सय ५७ हेक्टर क्षेत्रफलमा पैmलिएको कपिलवस्तुको जगदीशपुर ताल एशियाकै मानव निर्मित कृत्रिम मध्येको दोस्रो ठूलो ताल हो ।

Leave a Reply

Your email address will not be published.