उवासंघमा नयां नेतृत्वका लागि मतगणना सुरु

 

चितवन, २९ पुस । उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वका लागि मंगलबार भएको निर्वाचनको मत परिणामका लागि आज मत गणना गरिँदै छ । बिहान १० बजेदेखि बजेबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृत सुदिप ओस्तीले जानकारी दिए । मतगणना आजै सकेर संघमा नयाँ कार्यसमिती आउने उनले बताए ।
निर्वाचन मंगलबार बिहान ९ बजेर ४० मिनेटमा सुरु भएर अपरान्ह ३ बजेर ४० मिनेटमा सम्पन्न भएको थियो । यसपटकको निर्वाचनमा फोटोसहितको मतदाता परिचय पत्र भएकाहरुले मात्र आफ्नो मताधिकार प्रयोग गर्न पाएका थिए ।
निर्वाचनमा कुल एक हजार ८ सय २७ मतदाता मध्य जम्मा १७ सय ४६ मत खसेको निर्वाचन कमिटिले जनाएको छ । उद्योग बाणिज्य संघ चितवनमा ९ सय २० मत प्राप्त गर्ने उम्मेद्वार नै बिजयी हुनेछ । संघको नेतृत्वका लागी अध्यक्ष पद्मा सहनलाल प्रधान र राजन गौतमबीच भिडन्त भईरहेको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षमा प्रधान प्यानलका राजु श्रेष्ठ, गौतम प्यानलका ऋषिप्रसाद लामिछाने, उपाध्यक्षहरुमा प्रधान प्यानलबाट चुननारायण श्रेष्ठ, सुमनकुमार श्रेष्ठ र बद्री अधिकारी प्रतिस्पर्धामा छन् भने गौतम प्यानलबाट भोजराज कौडेल, पुष्पनिधी लोहनी र विष्णुप्रसाद कँडेल चुनावी मैदानमा होमिएका छन् ।
उद्योग बाणिज्य संघको कार्यसमितिमा रहने २५ पदका लागि यसपटक ४० जनाको उम्मेद्वारी छ पदेन १ जना र मनोनित ३ जना समेत गरि कार्यसमिति २९ सदस्यीय बन्नेछ । आज चुनिने नेतृत्वको कार्यकाल २ बर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published.