आजदेखि तेश्रो खिचरा महोत्सव, सम्पूर्ण तयारी पूरा, सिडियो सिहंले उद्धघाटन गर्ने

कारी महतो
चितवन २९ पुस । पूर्वी चितवनको खैरहनीमा आजबाट खिचरा महोत्सव २०७२ को आयोजना हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले जनाएका छन् ।

“राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान” नारा रहेको तेश्रो खिचरा महोत्सव पुस २९ गते आज चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसअघि पर्सा बजारको मगनी चोकबाट झाँकी सहितको शोभा ¥यालीले पर्सा बजार परिक्रमा गरी खैरहनी उच्च माविको चौरमा पुग्नेछ । अघिल्लो वर्षमा १६ वटा मात्र स्टल राखी स्टेज कार्यक्रमलाई बढी जोड दिइएको थियो । यसवर्ष ६४ वटा स्टल रहेको जनाइएको छ ।

यस वर्षदेखि छोटो समयको तयारी पछि प्रतियोगितात्मक रुपमा कृषि प्रदर्शनी परिसर राखिएको छ । प्रतियोगी कृषकहरुलाई जिल्ला कृषि विकास कार्यालय र पूर्वी चितवन एग्रोभेट व्यावसायी संघले पुरस्कारको सौजन्य गरेको छ ।
पर्सा बजारमा रहेका अटो व्यावसायी संघका लागि अटो परिसर राखिनेछ । महोत्सव स्थलको बीच भागमा माच र मो¥हा निर्माण गरिएको छ । मो¥हा उखेल्नका लागि जो सुकैले प्रयास गर्न पाउने छ । उखेल्न सक्ने व्यक्तिलाई तेश्रो खिचरा महोत्सवको पहलमान पुरस्कार दिइने जनाइएको छ ।
महोत्सव परिसरमा थारु समुदायहरुले आफैले बनाई प्रयोग गर्दै आएका परम्परागत तथा लोपोन्मुख सामग्रीहरुको प्रदर्शनी परिसर राखिएको छ । होटल परिसरमा थारु समुदायका विभिन्न अवसरमा खाइने परिकारहरु जस्तैः चिचर, चिचरको पोका, घोङी, हाँसको मासु, माछा, झिंगे माछा, सितुहा, नकगर रोटी लगायत आधुनिक खाजा पसलहरु रहेका छन् ।

यसवर्षको आकर्षण बाल उद्यान पनि रहनेछ । त्यसभन्दा पनि बढी आकर्षण स्टेज प्रोग्राम रहनेछ । मिलन लामा, शिव परियार, हास्य कलाकार संदीप क्षेत्री, रामचन्द्र काफ्ले, मनोज महतो, सुनिल गिरी लगायत पश्चिम नेपालका थारु कल्चर समुह जो काठमाडौंमा चम्पन साँस्कृतिक समूह भनी स्थापित भएको छ, बेजोड प्रस्तुति रहने कुरा साँस्कृतिक व्यवस्थापन समितिको संयोजक जयश चौधरीले जानकारी दिए ।
यसवर्ष प्रवेश टिकट शुल्क रु २० रहने तथा विद्यार्थी सहुलियतका लागि रु १० रहेको छ । महोत्सव परिसरमा टेक्माइन्ड र क्लासिटेक नेटवर्कले फ्री वाइफाइको व्यवस्था गरेको छ ।

 

Leave a Reply

Your email address will not be published.