भरतपुरको बजेट करिब ६४ करोड रुपैयाँ

मोहनचन्द्र रुम्बा
चितवन, २८ पुस । भरतपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७३÷०७४ का लागि चालु आर्थिक बर्षको बजेटको तुलनामा ४.६ प्रतिशतले बढी बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकामा स्तररोन्नत्ती भएपछि नगरपालिकाको बजेटमा ४.६ प्रतिशत बढेको हो ।
नगरपालिका कार्यालय परिसरमा मंगलबार आयोजना गरेको दोस्रो नगर परिषदमा नगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले आगामी आर्थिक बर्षको बजेट प्रस्ताब पेश गरेका छन् । आगामी आर्थिक बर्षका लागि ६३ करोड ७५ लाख ८७ हजार रुपैया“ विनियोजन गरेको छ । कुल बजेट मध्ये आन्तरिक आय २५ करोड २५ लाख ५८ हजार हुने अनुमान गरिएको छ । सो तर्फ आगामी आर्थिक बर्षको बजेट चालु आर्थिक बर्षको तुलनामा ५६ प्रतिशतले बढी हो ।
त्यस्तै बाह्य स्रोतबाट सबैभन्दा धेरै ३८ करोड ५० लाख २९ हजार अनुमान गरिएको नगरपालिकाका कार्यकारी अधिकृत बरालले जानकारी दिएका छन् । जसमा चालु आर्थिक बर्षको तुलनामा १४.५९ प्रतिशतले घटी रहेको छ । त्यस्तै नगरपालिकाले चालु आर्थिक बर्षमा लक्ष्यको तुलनामा एक सय ३१ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । जुन आर्थिक बर्ष २०७०÷७१ मा एक सय १६ प्रतिशतले मात्रै प्रगति हासिल भएको थियो ।
साथै नगरपालिकाले आगामी बर्षदेखि सार्वजनिक निजी साझेदारीको रणनीतिलाई बिशेष प्राथामिकता दिदैं भौतिक पुर्वाधार विकास, आर्थिक बिकास, फोहरमैला व्यवस्थापन, पर्यटन पुर्वाधार निर्माणलगायतका कार्यक्रम गर्ने निती अख्तियार गरेको जनाएको छ । नगर क्षेत्र भित्र संचालन गरिने भनिएको चक्रपथको बिृस्तृत अध्ययन तथा मुल्याङ्कन गरी प्रतिवेदन तयारी पारी ठोस कामको सुरुवात गर्ने, साबिकको दियालो बंगाला, हाल नेपाल ट्रष्टको जग्गालाई आम्दानी गर्ने गरी संचालन अधिकार माग गर्ने, नगरबासीको गुनासाहरु सुन्नका लागि छुट्टै सफ्टवेयरको व्यवस्था गर्नेलगयातका कार्यक्रमहरु समावेश गरिएको बताएको छ ।
उता, भरतपुर उपमहानगरपालिकाको दोस्रो नगरपरिषद कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले नगरपालिकाको पुर्वाधार विकासका लागि जनसहभागीता बढाउनु आवश्यक रहेको बताएका छन् । हरेक नगरपालिका तथा सरकारी योजनाहरुमा जनसहभागीता बिस्तारै घट्दै गईरहेको बताउ“दै यस्तो हुनु दुखद भएके सुवेदीले बताएका छन् । नगरपालिकाले आफ्नो आन्तरिक आय बढाउन तर्फ लाग्न सुवेदीले सुझाव समेत दिएका छन् ।
एक अर्को प्रशगंमा सुवेदीले स्थानीय निकायको निर्वाचन गर्न नसक्दा विभिन्न समयमा राजनितिक दल र कर्मचारीहरुबीचको काम बाझिने गरेको बताएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंह, व्यवस्थापिका संसदमा चितवनबाट प्रतिनिधीत्व गर्ने सभासदहरु, राजनीतिक दलका प्रतिनिधीलगायतको सहभागीता रहेको थियो । कार्यक्रम नगर प्रमुख तथा कार्यकारी अधिकृत महेश बरालको अध्यक्षतामा सम्पन्न भएको हो ।
त्यस्तै, पुर्वी चितवनको रत्ननगर नगरपालिकाले आगामी आर्थिक बर्षको लागि साढे १८ करोडको बजेट विनियोन गरी सार्वजनिक गरेको छ । मंगलबार आयोजित दोस्रो नगर परिषद्मा सो उपमहानगरपालिकाले आर्थिक बर्ष २०७३÷०७४को लागि १८ करोड ५६ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाले आन्तरिक स्रोतबाट ३ करोड २६ लाख ३० हजार रुपैयाँ र वाह्य श्रोतबाट १५ करोड ३० लाख ४५ हजार रुपैयाँको वित्तिय श्रोत परिचालन गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published.