हतियार सहित पक्राउ

मोहनचन्द्र रुम्बा
चितवन, २८ पुस । जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार अवैध हतियार सहित पक्राउ परेको एक जनालाई पत्रकार सम्मेलन माफर्त सार्वजनिक गरेको छ ।
दुई थान कटुवा पेस्तोल र चार राउण्ड गोली सहित मंगलबार राती नारायणगढ पुल्चोकबाट पक्राउ परेका साबिकको भण्डारा गाविसका राम सेढाईलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरिक्षक नारायण बहादुर थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरी सह प्रवक्ता प्रहरी निरिक्षक रविनबाबु रेग्मीले जानकारी दिएका छन् । साथै पक्राउ परेका सेढाईको साथबाट प्रहरीले लागु औषध लोराजेपाम २८ ट्याब्लेट समेत बरामद गरेको जनाएको छ ।
साथै हाल पक्राउ परेका राम सेढाई यसअघि धनमाल डा“का गरेको आरोपमा ६ वर्ष जेल सजाय भोगिसकेका प्रहरीले जनाएको छ । आरोपी सेढाईलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ र हातहतियार खरखजाना ऐन २०१९ अन्तर्गत छुट्टाछुट्टै मुद्दा दर्ता गरी कार्बाही गरिने प्रहरीले जनाएको छ ।
त्यस्तै, अपहरण तथा शरिर बन्धक मुद्दामा जिल्ला अदालत चितवनबाट नौ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका माडी बघौडाका ५७ वर्षिय पाहुन पावेलाई आईतबार पक्राउ अदालत समक्ष पेश गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.