उवासंघ चितवनको अधिबेशनमा मतदान जारी, हालसम्म ८ जना बढीले मतदान गरिसेके (अपडेट )

चितवन, २८ पुस । उवासंघ चितवनको ४९ औ साधारणसभा तथा अधिबेशनबाट नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहान ९ बजेबाट सुरु भएको मतदान कार्य जारी रहेको छ । १ हजार ८ सय ३७ जना प्रतिनिधीहरुले निर्वाचनमा भाग लिईरहेको निर्वाचनमा अहिले सम्म ८ जना बढीले मतदान गरिसेकेको निर्वाचन अधिकृत सुदिप ओस्तीले सौराहा अनलाईनलाई जानकारी दिए। अहिले पनि मतदान स्थलमा मतदाताहरु मतदान गर्न जानकन लागि व्यस्त देखिन्छन् । भने आफ्ना प्यानललाई जिताउन पर्चा वितरण कार्य पनि जारी छ । यतिबेला चुनावी माहोलले तातेको छ । आज अपरान्ह ४ बजेसम्म चल्ने मतदान कार्यक्रमबाट निर्वाचनमा ९ सय मतभन्दा बढिले ल्याउने नयाँ अध्यक्ष बन्ने पक्का छ । अध्यक्षमा सहनलाल प्रधान र राजन गौतमबीच भिडन्त भईरहेको छ ।
२९ जनाको कार्यसमितिका लागि चुनाव हुने भएको हो। निवर्तमान अध्यक्षसहित पदाधिकारी ६ जना, उद्योगतर्फ ६ जना, वाणिज्यतर्फ ६ जना, वस्तुगत ४ जना, कर्पोरेट २ जना, महिला सदस्य १ जना, क्षेत्रीय संगठित १ जना र मनोनित ३ गरी कुल २९ जनाको कार्यसमिति रहनेछ । उधोग बाणिज्य संघमा चुनावी प्रतिस्पर्धा हुन लागेको यो सातौ पटक हो । यस अघि २०४४ र ४९ मा महेन्द्रलाल प्रधानको २ कार्यकाल ,२०५४ मा रामप्रसाद श्रेष्ठ र २०६० मा मदनलाल जोशी निर्वाचनबाट अध्यक्ष भएका थिए । अध्यक्ष पदमा सहनलाल प्रधान र राजन गौतमविच प्रतिस्पर्धा हुदै छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा हालका प्रथम उपाध्यक्ष राजु श्रेष्ठ र ऋषिप्रसाद लामिछाने चुनावी मैदानमा छन् । उद्योग तर्फको उपाध्यक्षमा पुष्पनिधि लोहनी र सुमनकुमार श्रेष्ठ, वाणिज्यतर्फ भोजराज कौडाल र चुननारायण श्रेष्ठ तथा वस्तुगत उपाध्यक्षतर्फ बद्रीप्रसाद अधिकारी र विष्णु कँडेलविच प्रतिस्पर्धा हुदै छ। त्यस्तै, उद्योगतर्फ ६ जनाको लागि ११ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दिनेमा शंकर नेपाल, सुमन सिग्देल, चन्द्रमणि सापकोटा, सोमनाथ अधिकारी, सिद्धार्थलाल चुके, रोहितकुमार श्रेष्ठ, बालकृष्ण कँडेल, प्रशान्तकुमार पिया, नवीन कँडेल, कृष्णप्रसाद रिजाल र माधवप्रसाद पौडेल रहेका छन् । वाणिज्यतर्फ ६ जना सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको छ । जसमा विनोद पौडेल, मुना गुरुङ, नारायण प्रधान, बाबुराम कँडेल, विपेन्द्र रामुदामु, राजेन्द्र ओली, बालकृष्ण कँडेल, रविन्द्र केसी र सुरशेकुमार श्रेष्ठ रहेका छन् ।

वस्तुगततर्फ ७ जनाको उम्मेदवारी परेको छ । जसमा बलराम भण्डारी, थिरप्रसाद धिताल, डासीराम ढकाल, लोकबहादुर रानाभाट, गणेशप्रसाद बराल, सुलोचना श्रेष्ठ र ज्ञानुप्रसाद न्यौपानको उम्मेदवारी परेको छ । यसमा जम्मा ४ जना निर्वाचित हुनेछन् । एकमात्र महिला सदस्यका लागि रजनी मास्केको उम्मेदवारी परेको छ । कर्पोरेटतर्फ २ जना रहनेमा पुष्पराज शर्मा र ऋषिराम पौडेल तथा एक जना प्रतिनिधि रहने क्षेत्रीय संगठिततर्फ कल्याण गुभाजुको उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published.