भरतपुरमा विद्युतमा चुहावटको समस्या पनि उत्तिकै

चितवन, २८ पुस । विद्युत प्राधिकरण भरतपुर शाखाबाट वितरण हुने विद्युतमा चुहावटको समस्या पनि उत्तिकै छ । कार्यालयको तथ्याङ्क अनुसार १२ प्रतिशत विद्युत चुहावट भएको छ । चालु आर्थिक वर्षमा कार्यालयका इन्जिनियर ईश्वरकुमार श्रेष्ठले चालु आर्थिक वर्षको असोजसम्म ४६ लाख ९२ हजार युनिट विद्युत चुहावट भएको जानाकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा सोहि अवधिमा १४ प्रतिशतले विद्युत चुहावट हुँदै आएको थियो । गत आर्थिक वर्षको चार महिनामा ५१ लख ३२ हजार युनिट चुहावट भएको थियो । तर, यो विद्युत चुहावट भने सामान्य रहेको इन्जिनियर श्रेष्ठले बताए । ट्रासफर्मरमा ३, सिष्टम प्रकृयामा ५ प्रतिशत विद्युत चुहावट हुन्छ । श्रेष्ठले भने केही प्रतिशत मात्र चोरी भएको छ ।

Leave a Reply

Your email address will not be published.