महिमा र अशोकको सौराहामा रोमान्स

चितवन, २८ पुस । म्युजिक भिडियोबाट चलचित्र र चलचित्रबाट म्युजिक भिडियोमा प्रवेश गरेका थुप्रै अभिनेत्री छन् नेपाली कला क्षेत्रमा । कतिपय अभिनेत्रीले त म्युजिक भिडियो र चलचित्र एकसाथ अगाडी बढाइरहेका पनि छन् । ति मध्यकी एक हुन् महिमा सिलवाल । चलचित्र अभिनयबाट कलाक्षेत्रमा प्रवेश गरेकी महिमाले करिब आधादर्जन माथीका चलचित्र अभिनय गरिसकेकी छन् भने उनका थुप्रै भिडियो सार्वजनिक भएका छन् ।video-5
उनको अभिनय रहेको पछिल्लो चलचित्र ‘नो स्मोकिङ’ र ‘सुब्बा साहेब’ प्रदर्शन पर्खाइमा छ भने उनको अभिनय रहेको म्युजिक भिडियो पनि एकपछि अर्काे गर्दै सार्वजनिक भइरहेका छन् । चलचित्र र म्युजिक भिडियो दुबैमा देखिने यी अभिनेत्री महिमा आइतबार सौराहमा पनि म्युजिक भिडियो छाया“कनको क्रममा भेटिइन् ।
सौराहाको केसी रेष्टुरेन्ट र स्वस्तिक रेष्टुरेन्टको रमणिय बाताबरणमा दिनभर उनले ‘बरु यो ज्यानको बाजी लगाउछु …’ गित माथी बन्ने भिडियोमा अभिनय गरिन् । गायिका दुर्गा खरेलको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेको गितको भिडियो उतार्ने काम भने निर्देशक रत्न जोशीले गरे । गितमा महिमालाई पुरुष मोडलका रुपमा अशोक भट्टराईले साथ दिएका थिए । अशोक पछिल्लो समय म्युजिक भिडियो तथा छोटा चलचित्रमा निकै देखिने गरेका छन् ।video-2
अशोक र महिमाको रोमान्स म्युजिक भिडियोमा आफुले आकर्षक तवरले उतारेको निर्देशक जोसीले बताए । सेन्टीमेन्टल शैलीको गितलाई आफुले रोमान्स र सेन्टीमेन्टल दुबै बिसाएर भिडियोमा उतारेको जोसीले खुलाए । रत्न जोशीको निर्देशनमा आफुलाई काम गर्न सहज हुने भएकोले पनि उनको निर्देशनको म्युजिक भिडियो आफुले अभिनय गर्ने गरेको अभिनेत्री महिमाले सुनाइन् ।
दुई भिडियो निर्माणको योजना सहित १० जानको टोली लिएर सौराह पुगेका निर्देशक जोसीले शनिबार र आइतबार लगातार छायांकन गरेर अर्काे एक गीत ‘मोती जस्तो आसु मेरो..’को भिडियो समेत छाया“कन सकाए । बसन्त सापकोटाको संगीत र अञ्जु पन्तको स्वर रहेको उक्त गितमा अशोक भट्टराई र सरला थापाको अभिनय समेटिएको छ । भिडियो बुढासुब्बाले म्युजिकले निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published.