कावासोती नगरपालिकाद्धारा करीब १३ करोण बराबरको निती तथा कार्यक्रम सार्वजनिक

नवलपरासी, २८ पुस । नवलपरासीको कावासोती नगरपालिकाको आज भएको तेसा्रे नगर परिषदले आर्थिक वर्ष ७३/७४ का लागि १२ करोड ८६ लाख ६० हजार ७ सय २० रुपैया बरावरको निती तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
खानेपानी सभाहलमा भएको परिषदमा कावासोती नगरपालिकाका कार्यकारी आधिकृत मान वहादुर खड्काले आगामि वर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
अधिकृत खड्काले प्रतिवेदन प्रस्तुत गर्दै चालु तर्फ ७ करोड ९९ लाख र पुजिगत तर्फ ४ करोड ८७ लाख वरावरको वजेट सार्वजनिक गर्नुभएको छ ।
हरेक वडा लाई १५ लाखका दरले वजेट विनियोजन गरेको छ । जस्मा अधिकासं वजेट भोतीक निर्माणतर्फ बाटो तथा कल्भर्ट निमार्णमा विनियोजन गरिएको छ ।
ल्याण्डफिल्ड साईडका लागि १० लाख रुपैया विनियोजन गरेपनी स्थान भने तय गरीएको छैन ।
इसैगरी सामाजिक विकास तर्फ महिला लक्ष्ति कार्यक्रममा ४ ६ लाख , ९४ हजार २ सय ३६ रुपैया, सिप तथा क्षमता विकासतर्फ ११ लाख ८ हजार २ सय ७० रुपैया, संस्थागत विकास प्रवर्धनात्मक कार्यक्रम तर्फ ४ लाख ६९ हजार ४ सय २३ रुपैया विनीयोजन गरिएको छ ।
इसैगरी बालबालिका लक्षित कार्यक्रमहरु, अनय लक्षित वर्गका कार्यक्रमहरु, जेष्ठ नागरिक, अपाङगता भएका नागरिक, मधेशी मुस्लिम, पिछडा वर्ग, अति िवपन्न नागरिकहरुकालागी पनी बजेट छुट्याईएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत मान वहादुर खड्काको अधयक्षता तथा सासद जिवन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले परिषदबाट आएका योजनाहरु र बजेट हाम्रालागी भएकाले त र म भन्दा पनी हाम्रोलागी भनेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
उहाले कावासोती नगरपालिकालाई सफल र समृद नगर बनाउनमा आफु कटिबद्ध रहेको भन्दै सबै नगरवासिहरुले यस कार्यमा साथ दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नोपल पत्रकार महासंघ नवलपरासीका अधयक्ष नारायण सर्मा , नगर स्तरीय महिला समन्वय समितीकी अधयक्ष खिना भुषाल, अपाङगता समन्वय समितीका उपाध्यक्ष संजय भटराई, नगर स्तरीय वाल संजालका संयोजक तिर्थ काफ्ले लगायतले बोल्दै नगर परिषमा आएको निती तथा कार्यक्रमहरु अत्यन्तै राम्रो भएको भन्दै यसको कार्यान्वयन उचित तवरले हुनपर्ने बताएका थिए ।
यस्तै कार्यक्रममा उत्कृष्ट उपभोक्तामा कुम वहादुर गुरुङग, संचारकर्मीमा केवि राना, सामाजिक परिचालकमा गीताज्ञवाली, संयुक्त वडा सचिवमा महेन्द्र वस्ताकोटी, र मञ्जु कुमारी महतो, कर्मचारीमा रामनारायण चौधरीलाई सम्मनपत्र नगरद र दोसल्लले सम्मन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.