जैविक विविधता संरक्षण भएमा चुरे संरक्षण हुने

चितवन, २७ पुस । जैविक विविधताको संरक्षण गर्नका लागी चुरे क्षेत्रको संरक्षण आवश्यक रहेको सरोकारवालाहरुले वताएका छन् । सामाजिक परिचालन कार्यक्रमको जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले यस्तो वताएका हुन् ।
चुरे क्षेत्रको विनाशले भुक्षय, जग्गा कटान जस्ता समस्या निम्तिने भएकाले वन संरक्षणमा ध्यान दिन आवश्यक रहेको उनिहरुको भनाइ थियो । कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक रमेश कुमार शाहिले कयर खोलाले कटान गरेको क्षेत्रमा बृक्षारोपण गरिनुपर्ने वताए । चुरे संरक्षणका लागी कयर खोलामा संचालित सामाजिक परिचालन कार्यक्रमले स्थानीय वासिन्दालाइ जागरुक गराएको उनको दावी छ ।
सामाजिक परिचालन कार्यक्रम संरक्षण नेपाल बारा शाखा कार्यालय सौराहाले आयोजना गरेको हो । कार्यक्रम सञ्चालन भएको ८ महिनाको अवधिमा चुरे क्षेत्रको संरक्षणका लागी सिद्धि गाविसको वडा नं २ देखि रत्ननगर नगरपालिका ५ सम्ममा २५ ओटा चुरे संरक्षण क्लब गठन गरिएको शाहिको भनाइ छ । चुरे संरक्ष्ँण क्लबका अध्यक्ष अर्जुन सापकोटाले कयर खोलाको व्यवस्थापनमा जिविसले पारदर्शी काम गर्न नसकेको वताए ।
जिविसले आह्वान गरेको टेण्डरमा ढुंगा, गिटी र बालुवाको अवैध रुपमा चोरि भएको उनको भनाइ छ । त्यस्तै खोलाको तटबन्धनमा लगाइने तार जालीको वैज्ञानिकरण गरिनुपर्ने उनले वताए । ढुंगा तथा बालुवा चोरी गर्ने दलालहरुलाइ राजनितिक संरक्षणका कारण सरकारी तवरबाट कुनै कारबाही गर्न नसकेको उनको गुनासो छ । नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले विकास निर्माण गर्ने नाममा बालुवा तथा ढुंगा तस्करी गर्ने व्यक्ति वा संस्थाहरुलाइ कारबाहि गर्न आफ्नो सक्रियता रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै जिल्ला वन कार्यालय चितवनका डिएफओ गणेश रायले चुरे संरक्षणका लागी व्यवस्थित कार्ययोजना आवश्यक रहने वताए । सामुदायिक वन संगको समन्वयमा गर्न सके अझ प्रभावकारी हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.