पत्रकार महासंघ चितवनलाई सहयोग

चितवन, २७ पुस । नेपाल पत्रकार महासंघ चितवन साखाले स्थापना गर्न लागिएको आधुनिक सुचना केन्द्रका लागि सहयोग प्राप्त भएको छ । चितवन समाज जापानले सुचना केन्द्रका लागि सहयोग गरेको हो ।
चितवन समाज जापानका अध्यक्ष सरोज कंडेलले सोमबार नेपाल पत्रकार महासंघ चितवन साखाका अध्यक्ष हरीप्रसाद पोखरेललाई करिब ९० हजार रुपैयाँ बढीको सामाग्री हस्तान्तरण गरेको हो । चितवन सामाज जापानले आधुनिक सुचना केन्द्रका लागि आवश्यक पर्ने कम्प्युटर, प्रिन्टर, ल्यापटप, स्क्यानरलगायतका सामाग्री हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै चितवन समाज जापानका अध्यक्ष सरोज कंडेलले आफ्नै ठाउमा रहेको क्रियाशिल सामाजिक संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
आगामी दिनहरुमा पत्रकार महासंघलाई सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताएका छन् । सहयोग सामाग्री ग्रहण गर्दै नेपाल पत्रकार महासंघ चितवन साखाका अध्यक्ष हरिप्रसाद पोखरेलले विभिन्न संघसंस्थाको सहयोगबाट मात्रै महासंघले आफ्नो उद्देश्य प्राप्त गर्न सकिने बताए । साथै अन्य विभिन्न सामाजिक संघसंस्थाहरुलाई पनि सहयोग गरिदिनका लागि पोखरेलको आग्रह थियो ।
कार्यक्रममा समाजसेवी गोविन्द कंडेल, श्रद्धा नेपालका अध्यक्ष करण गुरुङ, रिकोभरी नेपालका कोअर्डिनेटर विनोदकान्त शर्मालगायत चितवनमा क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ चितवन साखाका अध्यक्ष हरीप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published.