चितवन राष्ट्रिय निकुञ्जमा घासे मैदानको व्यवस्थापन गर्न नसक्दा

चितवन, २७ पुस । चितवन राष्ट्रिय निकुञ्जमा घासे मैदानको व्यवस्थापन गर्न नसक्दा मानव र बन्यजन्तुबीचको द्धन्द्ध बढेको निकुञ्जले जनाएको छ । निकुञ्जको २० प्रतिशत भुभाग घा“से मैदान रहेपनि त्यसको उचित व्यवस्थापन नहुदा“ मानव र बन्यजन्तुबीचको द्धन्द्ध बढेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । आज निकुञ्ज परिसरमा पत्रकारहरुसंगको साक्षात्कार कार्यक्रममा बोल्दै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले यस्तो बताउनुभएको हो । बन्यजन्तुहरुले उचित आहारा र बास प्राप्त गर्न नसकेकै कारण बस्ती प्रवेश गर्ने गरेको उहा“को भनाई थियो । निकुञ्ज भित्र बन्यजन्तुलाई आवश्यक पर्ने आहारा र सुरक्षित बासको व्यवस्थ ा गर्न सकिए धेरै हदसम्म मानव र बन्यजन्तुबीचको द्धन्द्ध न्युनिकरण गर्न सकिने उहाले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज भित्रको करिब १० हजार हेक्टर क्षेत्रफल घा“से मैदानको उचित व्यवस्थापन गर्न नसकिएको उहाले बताउनुभयो । हाल निकुञ्ज कार्यालयको पहलमा बार्षिक एक सय ५० हेक्टर घासे मैदानको मात्रै व्यवस्थित व्यवस्थापन गर्ने गरिएको बताउनुभयो । बन्यजन्तुहरु उचित आहारको खोजीमा बस्ती प्रवेश गर्ने र स्थानीयको बालीनाली तथा जनधनको क्षती पु¥याउने गरेको उहाले बताउनुभयो । निकुञ्जको भौगोलिक संरचना समेत अग्लो पहाड त्यसपछि घा“से मैदान, त्यसपछि नदीनाला र नजिकै बस्ती रहेका कारण बन्यजन्तुको असर बस्तीमा परेको निकुञ्ज कार्यालयले जनाएको छ ।

मानव बन्यजन्तुबीचको द्धन्द्ध लामो समयदेखि चल्दै आएकाले यसको दिर्घकालिन समस्या समाधानका लागि कार्य योजनाका आधारमा काम गरिनुपर्ने उहा“ले बताउनुभयो ।
नेपाल सरकारले पछिल्लो निर्णय अनुसार हरेक कामका लागि टेण्डर आव्हान गरिनुपर्ने भएकाले नियमित रुपमा गर्दै आएको घा“सेमैदान व्यवस्थापन समेत प्रभावित भएको उहा“ले बताउनुभयो । उता, चितवन राष्ट्रिय निकुञ्जले संरक्षित क्षेत्रको देखभालका लागि ४ वटा स्निफर प्रजातीका कुकुरहरुसमेत परिचालन गरिएको श्रीजंग गणका गणपति कर्णेल संजय देउजाले जानकारी दिनुभयो ।
उता, मासिदै गएको बन्यजन्तुहरुको अखेटोपाहार संरक्षणका लागि अखेटोपाहार व्यवस्थापन समिति समेत निर्माण गरिएको चितवन निकुञ्जले जनाएको छ ।
त्यस्तै निकुञ्ज क्षेत्र अतिक्रमण नियन्त्रण योजना समेत सुरु भएको प्रमुख संरक्षण अधिकृत कंडेलले बताउनुभयो । पहिलो चरणमा तथ्याङक संकलन गरिने सोही तथ्याङकका आधारमा कार्ययोजना बनाएर अघि बढ्ने निकुञ्ज कार्यालयले बताएको छ । साथै सोही अवसरमा चितवनका क्रियाशिल पत्रकारहरुको एक टोलीले निकुञ्ज क्षेत्रका भित्रका विभिन्न स्थानको अवलोकन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.