“संविधानको कार्यान्वयन गर्न सक्ने नेतृत्व काँग्रेसले खोजेका”े

प्रस्ताव सुवेदी
चितवन, २६ पुस । नेपाली काँग्रेसका नेता पूर्ण वहादुर खड्काले संविधानको कार्यान्वयन गर्न सक्ने नेतृत्व काँग्रेसले खोजेको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको नेतृत्वमा बनेको संविधान कार्यान्वयनका लागि आसन्न १३ औं महाधिवेशनले सोहि अनुसारको नेतृत्वको माग गरेको वताएका हुन् ।
काग्रेसमा देखिएको ६० र ४० को भागवण्डाको अन्त्य गर्नु पर्ने वताउदै उनले त्यसका लागि अधिकतम सहमति खोजिनु पर्ने वताए । पार्टी अहिले सनातन सोचबाट अघि वढिरहेको भन्दै नेता खड्काले यसलाई चिरेर नयाँ सोच र कार्यायोजनालाई स्थापीत गराउनु पर्ने समय आएको समेत बताए ।
सरकाको नेतृत्व एमालेले गरेको भए पनि राज्यको साँचो काग्रेससंग रहेको बताउदै उनले सरकार परिवर्तनका विषयमा पार्टीले नसोचेको वताए ।
काँग्रेस मुललुकको ठूलो राजनैतिक दल भएकाले देशमा देखिएको समस्या समाधानका लागि काग्रेस अग्रसर हुनु पर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published.