उपरदाङ्गगढी कृषि सहकारीमा पुन बद्रीनाथको नेतृत्व

किशोर रिजाल
चितवन, २६ पुस । चितवनको विकट पहाडी साविक शक्तिखोरमा रहेको उपरदाङ्गगढी कृषि तथा पशुपक्षिपालन सहकारी संस्थाको लिको अध्यक्षमा पुन बद्रीनाथ घिमिरे सर्वसहमत चयन भएको छन् ।
संस्थामा शक्तिखोरमा सम्पन्न तेश्रो साधारण तथा दोश्रो अधिवेशनले घिमिरेको अध्यक्षतमा सस्दययी नयां कार्य समिति सर्वसमत चयन गरेको हो ।
जसको उपाध्यक्षमा खुमनारायण श्रेष्ठ (गोपी), सचिवमा अर्जन पाण्डे र कोषाध्यक्षमा शिवलाल श्रेष्ठ रहेका छन् । भने सदस्यहरुमा योगेन्द्रनाथ अधिकारी, भीमनारायण श्रेष्ठ, शर्मीला श्रेष्ठ, रामकृष्ण गजुरेल, चिज कुमार श्रेष्ठ, भरत शर्मा गौतम, र परशुराम घिमिरे रहेको छन् । संस्थाका अध्यक्ष बद्रीनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष खुमनारायण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए, भने सचिव शिवलाल श्रेष्ठले बार्षिक प्रगति प्रतिवेद र आर्थिक प्रतिवेद प्रस्तुत गरेका थिए ।
व्यवसायिक रुपमा पशुपालन पालन गर्ने उदेश्यले स्थापना गरिएको सहकारीले गौरीगाउमा व्यवसायीक बाख्रा पालन गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published.