रहेनन् शसक्त क्रान्तिका कमाण्डर ईमानसिंह

चितवन, २६ पुस । नेपाली काग्रेसका क्रियाशिल सदस्य एवं २०१८ सालको शसक्त क्रान्तिका कमाण्डर ईमानसिंह गुरुङ्को ८२ वर्षको उमेरमा निधन भएको छ ।
गुरुङ्को गएराति आफ्नै निवास कविलास–५ सिमलतालमा निधन भएको हो ।
काग्रेसले संञ्चालन गरेको २०१८ सालको शशक्त आन्दोलनमा चितवनको कमाण्डरको रुपमा रहि काम गरेका थिए ।
८२ वर्षको उमेर सम्म काग्रेसको कृयाशिल सदस्यको रुपमा काम गरेका गुरुङ्को निधनले काग्रेसलाई ठूलो क्षेती पुगेको नेपाली काग्रेस चितवनका पूर्व सचिव देवेन्द्र गुरुङ्ले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.