कारागारका कैदीबन्दीहरुलाई स्वरोजगार बनाउदै

प्रकाश सिग्देल
चितवन, २६ पुस । भरतपुर कारागारमा रहेको मुडा बुन्ने लघु उद्योगले कारागारका कैदीबन्दीहरुलाई स्वरोजगार बनाउदै लगेको छ ।
कारागारमा रहेका कैदीहरुको श्रमको सदुपयोग गरी उनीहरुलाई आत्म निर्भर बनाउने उदेश्यका साथ विभिन्न संघ संस्थाको सहयोगमा सञ्चालननमा आएको सो लघु उद्योगले कारागारका ३ सय बढी कैदीबन्दीलाई स्वरोजगार बनाएको भरतपुर कारागारका प्रमुख कमल प्रसाद काफलेले बताए ।
कारागारमा मुढा बुन्ने उद्योग सञ्चालन भएपछि काम गर्न सक्ने उमेर समुहका व्यक्तीहरु सबै काम गर्नमा नै व्यस्त हुने हुदा उनीहरु खराव मानसिक्ता बाट मुक्त हुनेगरेको उनको भनाई छ ।
कारागारका कैदिबन्दिहरुले अहिले मासिक ३ हजार बढि मुढा बुन्ने गरेको उनले बताए । तेलको अभावका कारण बासको अभाव हुदा प्रभावकारी रुपमा काम हुन नसकको पनि उनले बताए ।
कारागारमा तयार भएका मुडा बलिया र राम्रा भएको हुदा यसको माग समेत बढि भएको कारागार प्रशासनले जनाएको छ । कैदीहरुले मुढा बाट मात्रै मासिक ५ हजार देखी ८ हजार सम्म कमाउन सफल भएका छन् । केहि कैदीबन्दीले आफुले कमाएको पैसा घरसमेत पठाउने गरेको काफलेले बताए ।
सरकारले कैदीबन्दीलाई दिने दैनिक खर्च निकै कम हुने हुदा आफनो दैनिक खर्च व्यवस्थापन गर्न पनि कार्यक्रम प्रभावकारी भएको उनको भनाई छ ।
कारागारमा पुरुषहरु मुढा बुन्ने काममा ब्यस्त हुन्छन् भने महिलाहरु सिलाई कटाई तालिम लिई स्वरोजगार बनेका छन् ।
त्यसको अलावा विभिन्न खेल मार्फत पनि कैदीबन्दीहरुले मनोरञ्जन लिईरहेका छन् । भरतपुर कारागारमा ५५७ कैदिबन्दि छन् । जसमा १ नाबालक र ५३ महिला ले पनि जेल जिवन बिताई रहेका छन् ।

Leave a Reply

Your email address will not be published.