उवासंघ चितवनको अध्यक्षमा प्रधान र गौतम विच कडा प्रतिस्पर्धा, महिला सदस्यमा रजनी मास्के सर्वसहमत

चितवन, २६ पुस । आसन्न उद्योग वाणिज्य संघ चितवनको ४९ औँ साधारणसभा तथा अधिवेशनमा अध्यक्ष पदमा दुई जना विच भिडन्त हुने भएको छ ।
उवासंघले आज उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक भएपछि अध्यक्ष पदमा दुई जना विच भिडन्त हुने भएको हो ।

उवासंघको अध्यक्ष पदमा ालका बरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान र युवा उमेदवार राजन गौतमको मात्रै उमेदवारी दर्ता गराएपछि अध्यक्षमा प्रधान र गौतम विच कडा प्रतिस्पर्धा हुने भएको प्रमुख निर्वाचन अधिकृत सुदिप ओस्तीले जानकारी दिए ।

त्यस्तै, संघको वरिष्ठ उपाध्यक्ष पदमा सहन प्रधान प्यानलबाट राजु श्रेष्ठ, उपाध्यक्षहरुमा चुन नारायण श्रेष्ठ, सुमनकुमार श्रेष्ठ र बद्रिप्रसाद अधिकारी रेहका छन् । भने राजन गौतम प्यानबाट वरिष्ठ उपाध्यक्षमा ऋषिप्रसाद लामिछाने, उपाध्यक्षहरु भोजराज कौडेल, पुष्पनिधि लोहनी, विष्णुप्रसाद कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी संघको कार्यसमिति सदस्यहरुमा उद्योग तर्फ ११ जना, वाणिज्य तर्फ ९ जना, वस्तुगत तर्फ ७ जनाको उमेदवारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत ओस्तीले जानकारी दिए । महिला तर्फ सदस्यमा भने रजनी मास्के निर्विरोध चयन हुनुभएको छ । यस्तै कर्पोरेट तर्फको सदस्यमा क्रषिप्रसाद पौडेल, पुष्पराज धिताल, र क्षेत्रिय सदस्य तर्फ कल्याण गुभाजु चयन हुनुभएको छ ।

चिर्वाचनका लागि १८ सय २७ जना मतदाता रहेको छ ।

यसैबीच आजैबाट निर्वाचनका लागि मतदाता परिचय पत्र समेत वितरण सुरु गरिएको छ । यसपटक निर्वाचन निश्पक्ष बनाउनका लागि फोटोसहितको मतदाता परिचय पत्र बनाईएको हो । निर्वाचन पुस २७ गते हुदैछ ।

Leave a Reply

Your email address will not be published.