आजदेखि पानीमा पाईने चरा गणना गरिने


राजेन्द्र आचार्य/आशिष अधिकारी

चितवन, २६ पुस । चितवनसहित देशैभर आज आईतबारदेखि जाडोयाममा सिमसार क्षेत्रमा पाईने चराहरुको गणना सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जसहित देशैभरका विभिन्न निकुञ्ज एवम् आरक्षमा रहेका सिमसार क्षेत्रमा आजदेखि पानी चरा (जलपक्षी) को गणना सुरु गरिएको छ । ।

जल क्षेत्रमा पाइने चराको वास्तविक अवस्था पत्ता लगाउन चरा गणना गर्न थालिएको चरा विद् एवं वर्डएजुकेशन सोसाईटी चितवनका प्रमुख सल्लाहकार टिकाराम गिरीले जानकारी दिए ।

पहिलो दिन भोली एकसाथ चितवन राष्ट्रिय निकुञ्ज, जगदीशपुर जलाशय र कोसीटप्पुबाट गणना थालिएको हो ।
गणनामा चराको अवस्था, वासस्थान र लोपोन्मुख स्थितिको अध्ययन गरिनेछ ।

लगभग तीन सय को हाराहारीमा देशभर छरिएर रहेका चराप्रेमी स्वयंसेवकहरूको सहभागीतामा हुने यो जलपन्छीहरुको गणना ३ दिनसम्म चल्ने । गणनाबाट प्राप्त सुचना जलपन्छीहरूको अवस्था, वितरण तथा संख्याको अद्यावधि र अनुगमन गर्न र तिनको संरक्षणका लागि विशेष मद्दत पुराउने वर्ड एजुकेशन सोसाईटी सौराहाका अध्यक्ष टेकबहादुर थापाले जानकारी दिए । २०४३ सालदेखि हरेकवर्ष जलपन्छी गणना गर्दै आइएको छ ।
नेपालमा हालसम्म अभिलेखन गरिएका ८ सय ७६ को हाराहारीमा रहेका चराका प्रजातिमध्ये लगभग ६ सय ३० वटा चितवनमा पाईन्छ । यस्तै दुई सय प्रजातिहरू सिमसारमा निर्भर रहन्छन् । यी मध्ये १ सय ३९ प्रजातिलाई पानी चराको रुपमा चिनिन्छन् । यसैविच आजदेखि चितवनको ३ ठाउंमा एकसाथ चरा गणना गरिने भएको छ । चितवनको राप्ती नदी –चितवन राष्ट्रिय निकुञ्ज, डुन्ग्रे खोला–जनकोली समुदायीक वन र बुढी राप्ती–बाघमारा र चित्रसेन समुदायक बन रुट बनाई चरा गणना गरिदैछ ।

Leave a Reply

Your email address will not be published.