बाग्लुङ चितवन सम्पर्क समाजको रक्तदान

चितवन, २४ पुस । बढ्दो रगत अभावलाई मध्यनगजर गर्दै चितवनमा पछिल्लो समय रक्तदान कार्यक्रमहरु भइरहेका छन् । रक्तदान जिवनदान भन्ने नारा सहित विभिन्न ठाउंमा रक्तदान कार्यक्रमहरु भइरहेका छन् । यसैबिच, बाग्लुङ चितवन सम्पर्क समाज चितवनले पनि शनिवार लायन्सचोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा रेडक्रस चितवन शाखाका कार्यवहाक सभापति रत्न प्रसाद सापकोटा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले रक्तदान गर्नाले स्वास्थयलाई समेत फाइदा हुने बताएका छन् । हरेक स्वस्थ व्यक्तिले प्रत्येक ३ महिनामा रक्तदान गर्नु फाइदाजनक भएको सापकोटाको भनाई छ । सो अवसरमा ६ जना महिला सहित २८ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक हरिदास सापकोटाले जानकारी दिएका छन् । सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीकान्त शर्मा, पुर्व अधयक्ष्ँ शालिकराम शर्मा, सल्लाहकारहरु खडानन्द सापकोटा, नारायण चालिसे, लगायतको सहभागिता रहेको थियो । बाग्लुङ चितवन सम्पर्क समाज चितवनका उपाध्यक्ष्ँ यज्ञ प्रसाद रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रम संस्थाका अध्यक्ष्ँ प्रेम कुमार गैरेको अध्यक्ष्ँतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published.