उवासंघमा राजनिति र जातियताको अन्त्य आवश्यकता : उमेदवार राजन गौतम

चितवन, २५ पुस । उद्योग वाणिज्य संघ चितवनमा राजनिति र जातियताको अन्त्य आवश्यकता भएको अध्यक्ष्ँ पदका उमेदवार राजन गौतमले बताएका छन् ।
आफ्नो उमेदवारी पदको लागि नभई सम्पूर्ण उद्योगी व्यवसायीहरुको हकहितको लागि भएको समेत गौतमले स्पष्ट पारेका छन् ।
उवासंघ भित्र आर्थिक पारदर्शिताको आवश्यकता भएको औंल्याउंदै उवासंघ चितवनको सुधारको लागि र पारदर्शिताको लागि समेत आंफुले उमेदवारी दिएको गौतमको भनाई छ ।
उद्योग वाणिज्य संघ चितवनको ४९ औं साधारण सभा तथा अधिवशेनमा राजन गौतम समूहको उमेदवारी घोषणा सभा तथा पत्रकार भेटघाट कार्यक्रममा गौतमले आंफु अध्यक्ष्ँ पदमा निर्वाचित भए औद्योगिक क्ष्ँेत्रको स्थापनाको लागि आफ्नो तर्फबाट प्रयास र लविङ गर्ने बताएका छन् ।
व्यवसायीको बिचमा अन्डर विलिङको समस्या रहेकोले साना व्यवसायीहरुको समस्यालाई महासंघ सम्मा पु¥याउनको लागि प्रयास गर्ने र व्यसायी गर्दै गर्दा बाउन्स चेकको समेत ठुलो समस्या रहेकोले सो समस्या समाधानको लागि समेत आफुले उमेदवारी दिएको बताएका छन् । घरबहालमा बस्नेहरुले समेत विभिन्न समयमा समस्या भोग्नु परेको बताउंदै गौतमले घरबहाल सम्बन्धी आचारसंहिता पालन गराई व्यवसायीलाई सुरक्ष्ँित भई व्यवसाय गर्ने वातावरण सृजना गर्ने बताएका छन् । यस्तै, व्यवस्थित चितवनको अवधारणा सहित माडी ठोरी नाकाको विकासको लागि आंफु अध्यक्ष्ँ भएमा विकास गर्ने गौतमको प्रतिबद्धता छ ।
पत्रकारहरु संग सहकार्य गर्दै एक ठिक्का भएर अगाडि बढ्ने बताएका उवासंघ चितवनका अध्यक्ष्ँ पदका उमेदवार राजन गौतमले वस्तुगत संघसंगको सम्बन्ध सुद्धढ गराउन, मेला महोत्सवको आम्दानी खर्च पारदर्शी बनाउन, समृद्ध चितवन निर्माण गर्न आफ्नो र आफ्नो पक्ष्ँको उमेदवारी भएको स्पष्ट पारेका छन् ।
12544833_1011658602209278_145900142_oसंस्थागत नीति निर्माण र व्यवसायिक प्रतिबद्धता प्रगाढ गराउन, व्यवसायिक हकहित एवम् एकताबद्ध गराउन आंफुहरुले उमेदवारी दिएको गौतम प्यानलको भनाई छ । राजन गौतमकको प्यानल तर्फ अध्यक्ष्ँमा राजन गौतम, वरिष्ठ उपाध्यक्ष्ँ पदका लागि ऋषिप्रसाद लामिछाने, उपाध्यक्ष्ँ पदका लागि इञ्जिनियर भोजराज कौडाल, पुष्पनिधि लोहनी र विष्णुप्रसाद कंडेलले उमेदवारी दिएका छन् । उद्योग वाणिज्य संघ चितवनमा पुष २७ र २८ गते ४९ औं साधारण सभा तथा अधिवेशन हुंदै छ

Leave a Reply

Your email address will not be published.