रत्ननगर अस्पतालमा अबदेखि आखांको पनि उपचार सुरु

चितवन, २४ पुस । पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर वकुलहर अस्पतालमा आज देखि आखाँ उपचार केन्द्र संञ्चालनमा ल्याएको छ ।
अस्पतालले लामो समयको प्रयास पछि सो केन्द्र संञ्चालनमा ल्याएको हो । केन्द्रको आज चितवन क्षेत्र नम्बर २ का सांसद शेषनाथ अधिकारीले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको हो ।
Ratanagar Hospital
नेपाल नेत्रज्योति संघ चितवन र भरतपुर आखा अस्पतालको सहयोगमा संञलनमा ल्याईएको सो केन्द्र बाट विशेषज्ञ सहितका सेवा दिईने बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद पौडेलले वताउनुभयो । करिव २ लाख जनताको वसोवास रहेको सो क्षेत्रमा संञलन गरीएको सो केन्द्रले नेपालका सिमान्तकृत समुदाय चेपाङ् र थारु समुदायका जनतालाई विशेष प्रथामिकतामा राखिने जनाएको छ ।
नेत्रज्योति संघ चितवनले आफ्नो कार्यक्षेत्र अन्तर्गत यो केन्द्र आठै केन्द्रको रुपमा संञ्चालनमा ल्याएको हो । images
करिब १० लाखको लगानि र अस्पतालले उपलव्ध गराएको भवनमा संञ्चालन गरीएको सो केन्द्रको उद्घाटन गर्दै सांसद अधिकारीले आँँखाका समस्या भएका जनतालाई लक्षित गरेर गरीएको यस कार्याक्रमलाई राज्यका तर्फवाट गर्न सक्ने सहयोग गर्ने वताउनुभयो ।
ffffगरीव र दिन दुखिका लागि स्थापना गरीएको यस केन्द्रलाई प्रभावकारी वनाउन स्थानीय जनता लाग्नु पर्ने उहाँको भनाई थियो । रत्ननगर क्षेत्रमा अहिले आँखा अस्पतालको आवश्यकता रहेको भए पनि केन्द्रको स्थापनाले यस क्षेत्रका जनतालाई राहत पुग्ने भन्दै उहाँले भविश्यमा आँखा अस्पताल स्थापनाको लागि अगाडि वढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
हरीशरण पाठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल नेत्रज्याति संघ का केन्द्रिय कोषाध्यक्ष बामदेव खनालसंघका जिल्ला अध्यक्ष चिजकुमार मास्के, रत्ननगरका पूर्व मेयर नारायण वन, नेपाली काग्रेसका नगरसभापति रुपनराज घिमिरे, नेकपा एमालेका नगर अध्यक्ष प्रेम दवाडी लगाएतले वोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.