जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेकै हो : मन्त्री गजुरेल

राजेन्द्र र प्रकाश
चितवन, २५ पुस । नेपाल सरकारका कृषि विकास मन्त्री हरिबोल गजुरेलले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । संविधान बन्यो, जन अपेक्षा धेरै भए–उनले भने अनि देशमा मधेश आन्दोलन र नाकावन्दी भएको कारण सरकारले काम गर्न नसकेको हो ।
क्रान्तिकारी पत्रकार संघ चितवन शाखाले आज एमाओवादी पार्टी कार्यालय कृष्णपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाओवादी कोषाध्यक्ष समेत रहेको गजुरेलले माओवादी सुद्रिदै गरेको दावी समेत गरेका छन् ।
पार्टीमा किरणजी र बाबुरामजी बाहिर पछि पार्टी राम्रो भएको दावी गर्दै पार्टी समेत बनेको उनले बताए । 12511057_1011694548872350_1371981644_o
माओवादी नसुद्रिए परिर्वतन नहुने जिकिर गर्दै विस्तार सबै माओवादी एकजुट भई देश परिर्वतन हुने उनको जिकिर थियो ।
पत्रकार एक फरक प्रश्नको जवाफमा बोल्दै मन्त्री गजुरेलले ढुङ्गेल र फुजेल काण्डका विषयमा अहिले भईरहेको गतिविधि गम्भीर भएको बताए । सत्यनिरुपण तथा मेलमिलाप आयोग बनिसकेको अवस्था छ–उनले भने यस्ता कुरा आउनु राम्रो होईन्, मन्त्री भएकोले यस विषयमा धेरै बोल्न मिल्दैन् ।

कृषि मन्त्रालय फुटेकाले कृषि क्षेत्रको विकासमा प्रभाव परेको भन्दै उनले कृषि क्रान्तिका लागि मन्त्रालयले जारी गरेको प्रतिवद्धता अनुसार काम हुने उनको भनाई थियो ।
उनले मधेश आन्दोलको कुनै तुक नरहेको भन्दै उनीहरुले के खाजेका हुन् सो विषय सरकारले पत्तो पाउन नसकेको बताए ।

Leave a Reply

Your email address will not be published.