रत्ननगर खानेपानीको सरसफाई सम्वन्धी विभिन्न प्रतियोगिता

निवन्ध प्रतियोगितमा प्रथम भएकी कपरखोरी माविकी विमला गुरुङ / चित्रकला प्रतियोगितामा देवीरमण राप्राविका प्रदिप रोक्का प्रथम

चितवन, २४ पुस । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा शुक्रवार सरसफाई सम्वन्धी विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएका छन् । संस्थाले विद्यार्थी केन्द्रित चित्रकला,निवन्ध र वत्कृत्वकला प्रतियोगिता सन्पन्न गरेको हो । चित्रकला प्रतियोगितामा देवीरमण राप्राविका प्रदिप रोक्का प्रथम भए । उनले सिल्डसहित नगद ३ हजार प्राप्त गरे । चित्रसारी माविकी जानुका पोखरेल द्धितिय तथा वकुलहर माविका साजन तामाङ तृतिय भए । 666
उनीहरुले क्रमस २ र १ हजार नगद प्राप्त गरे । त्यस्तै निवन्ध प्रतियोगितमा प्रथम भएकी कपरखोरी माविकी विमला गुरुङले सिल्डसहित नगद ४ हजार पुरस्कार प्राप्त गरेका संस्थाका सचिव भीष्मराज पौडेलले जानकारी दिए । 444
नेपाल उच्च माविकी मनिषा गुरुङ द्धितिय तथा पंचकन्या माविकी कमला गुरुङ तृतिय भईन् । उनीहरुले क्रमस नगद ३ र २ हजार प्राप्त गरे । वत्कृत्वकला प्रतियोगितामा नेपाल उच्च माविकी रोसनी वस्ती प्रथम भईन् । उनले सिल्डसहित नगद ५ हजार प्राप्त गरिन् । द्धितिय भएकी मोहना उच्च माविकी गरिमा पौडेलले ४ हजार तथा तृतिय भएका चित्रसारी माविका माधव डल्लाकोटीले ३ हजार रुपैया प्राप्त गरेको संस्थाका सचिव पौडेलले जानकारी दिए ।555555
विजयी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी रत्ननगर नगरपालिकाका निमित्त प्रमुख एवंम कार्यकारी अधिकृत भरतकुमार थापा,संस्थाका अध्यक्ष ऋषीराम वाग्ले,संस्थापक अध्यक्ष नारायण वन लगायतले पुरस्कार प्रदान गरेका थिए ।5555
संस्थाका अध्यक्ष वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा मन्तव्य राख्दै संस्थापक अध्यक्ष वन,पुर्व अध्यक्ष महेशचन्द्र रौनियार,सल्लाहाकार डम्वर पुरी,प्रेमनाथ दुवाडी,लेखा समिति संयोजक राजेन्द्र न्यौपाने लगायतले सरसफाई सम्वन्धी विद्यार्थी केन्द्रित कार्यक्रमले नमुना नगर वन्ने प्रेरित गर्ने वताए ।

Leave a Reply

Your email address will not be published.