सौराहाको बालुवामा मोडल सरला यसरी रमाईन् (तस्वीरसहित)

राजेन्द्र आचार्य
चितवन, २० पुस । उमेरले भरखरै २० पुगेकी मोडल सरला थापा । मोडलिङ्ग र गीतसंगीतको नशाकै कारण सरला यो क्षेत्रमा लागेकी हुन् । उनी मोडलिङ्गमा लाग्नकै लागि ०६९ सालमा राजधानी आएकी हुन् । अहिले पनि उनी मोडलिङ्गकै क्षेत्रमा क्रियाशील छिन् ।
12489787_1008411922533946_2077652689_o
विस्तारै चर्चामा आउन थालेकी थापाको कार्य कुशलताकै कारण उनी यतिवेला चर्चीत गायक गायिकाको भ्यूजिक भिडियोको लागि मोडलिङ्गमा व्यस्ता छिन् । आफ्नो कुशल अभियान र फिट्नेश मनपराएरै काम पाएको उनले सुनाईन् ।
‘मोडलिङ्गको क्षेत्रमा लागेको थुप्रै भइसकेको छ’, उनले भनिन्, ‘अब बल्ल राम्रो सुरुवात गर्दैछु । काम पनि आउन थालेको छ । पहिला विश्वास गर्दैन थे । अब गर्न थालेक छन् ।’
लमजुङ जिल्लाको सुरपानी गाविस स्थायी घर भएकी सरलाले मोडलिङ्गको पेशालाई उनले पेशाकै रुपमा अगाडि बढाएकी छिन् । उनले गायिकका विन्दु परियारको ‘मलाई देख्दा दुखोम मुटु’ बोलको गीतबाट अभिनय सुरु गरेकी थिईन् । यस्तै उनले प्रमोद खरेलको ‘पिरतीमा भुल्दा सारा होस् हराएपछि’ गीतामा मोडलिङ्ग उत्कृष्ट सावित बनेपछि अहिले धेरै अफरहरु आएको उनको भनाई छ । आफुलाई सुट हुने गीत रोजेर अभियन गर्ने योजना समेत उनको छ । दिदि सिताको साथसहयोग र हौसला नै आफ्नो प्रेरणको स्रोत भएको उनको थप भनाई छ । 12490162_1008411769200628_852086562_o
पर्यटकीय नगरी सौराहामा अन्तु पन्तको स्वर रहेको ‘मोती जस्तो आसु’ गीतको म्यूजिक भिडियोको गितमा मोडलिङ्ग गर्दै उनले नयां–नयां ठाउमा गएर मोडलिङ्ग गर्दा आफुलाई थप आत्मविश्वास बढ्दै गएको बताईन् । निर्देशक रत्न जोशीसग प्राकृती सौन्दर्यमा सुटिङ्ग गर्न पाउदा निकै रमाईलो लागेको उनी बताउछिन् । बालुवा त क्या मज्जा हुने रहेछ ।
नेपाली कला क्षेत्रमा रहरले आउने धेरै छन् । तर सरला भन्छिन्, ‘म मोडलिङ्गको क्षेत्रमा रहरले मात्रै आएको होइन । यसैलाई पेशा बनाउँछु भनेर आएको हुँ । सफल पनि हुँदै गएको छु ।’
मोडलिङ्गमा मात्रै आफूलाई सरलाले सीमित नराख्ने बताउँछन् । विविएस प्रथम बर्षमा अध्ययन उनी आफ्नो पढाईलाई समेत अब्बल बनाउदै राम्रो फिल्मबाट अफर आए नायिकाको रुपमा समेत कुशल काम देखाउने योजना बनाइरहेको बताईन् । ‘मसँग क्षमता र सीप छ’, उनले भनिन्, ‘फिल्ममा काम गर्ने मौका पाएको छैन । पाएँ भने राम्रो गर्छु ।’

Leave a Reply

Your email address will not be published.