ईन्जिनियर हिमान्शु बिदाई भए

चितवन,२३,पुस ।
पुर्वी चितवनको रत्ननगर नगरपालिकामा रहेको टाँडी बितरण केन्द्रमा कार्यरत ईन्जिनियर हिमान्शु यादबको आज बिदाई गरिएको छ । प्राधिकरणबाट बढुवा भई सहायक प्रबन्ध बढुवा भई सरुवा भएर काठमाडौको रत्नपार्कस्थित बितरण केन्द्रमा सरुवा भई जान लागेका यादबलाई नेपाल बिद्युत प्राधिकरण बितरण तथा ग्राहक सेवा केन्द्र टाँडीले बिदाई गरेको हो । साडे ४ बर्ष रत्ननगर नगरपालिकामा रहि काम गरेका यादब बढुवा भई जान लागेकोमा कर्मचारी परिवारले बिदाई गरेका हुन । केन्द्रका प्रमुख रामदुलार यादबको अध्यक्षता सम्पन्न बिदाई कार्यक्रममा प्रशासन प्रमुख रिसीकेस सर्माले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा केन्द्रका लेखा प्रमुख अर्जुन प्रसाद ढुङ्गाना, कर्मचारी एक नाथ न्यौपाने लगायतले बोलेका थिए । नेपाल सार्बजनिक कर्मचारी संघका राष्टिय उपमहासचिब जनकबाबु बस्नेत र नेपाल कर्मचारी संघ नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कर्मचारी संघ उपाध्यक्ष बिष्णु चौधरीले मायाको चिनो प्रदान गरेका थिए । ।

Leave a Reply

Your email address will not be published.