मेला होइन अब वास्तविक औद्योगिक प्रदर्शनी

भरतपुर २३ पौष । चितवन उद्योग संघले यही माघमा संचालन गर्ने राष्ट्रिय औद्योगिक प्रदर्शनी अघिल्ला वर्षहरुमा भन्दा भिन्न खालको हुने भएको छ ।
गतवर्षहरुमा औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाका रुपमा संचालन हुने गरेकोमा यसवर्ष वास्तविक औद्योगिक प्रदर्शनीका रुपमा गर्न लागिएको चितवन उद्योग संघले जनाएको छ ।
माघ २१ गतेदेखि २७ गतेसम्म भरतपुरमा हुने प्रदर्शनीमा यसवर्ष गतवर्षहरुमा जस्तो बाल उद्यान र विशेष सास्कृतिक कार्यक्रमहरु हुनेछैनन् । यसवर्ष खासगरी उद्योग र सो संग सम्वन्धित प्रदर्शनीलाई विशेष प्रार्थमिकता दिइने चितवन उद्योग संघका कार्यकारी निर्देशक युगराज वस्तीले जानकारी दिनुभयो ।
उहाका अनुसार प्रदर्शनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय उद्योगका उत्पादनका सिप तथा प्रविधिको प्रदर्शनी विशेष खालको हुनेछ । यसका अलावा विशेष खालको औद्योगिक परामर्श परिसर राखिनेछ ।
प्रदर्शनीमा घरेलु तथा साना उद्योग कार्यालयको विशेष स्टल,औद्योगिक व्यवसायिक विकास प्रतिष्ठान,बैंिक∙ प्रणाली,कर डेस्क,चाटर्ड एकाउन्टेन सम्वन्धी परामर्श र सफल उद्यमीबाट परामर्श समेत सो विशेष परिसरवाट प्रदान गरिने वस्तीले वताउनुभयो ।
राष्ट्रिय औद्योगिक प्रदर्शनीका नाममा जहिलेपनि रमाइलो मेलामात्रै भएको र त्यसले उद्योगीहरुलाई खासै फाइदा नगुगेकोले वास्तविक उद्योगी र नया उद्योग संचालन गर्न खोज्नेलाई यसपटकको प्रदर्शनीले फाइदा पुग्ने चितवन उद्योग संघका अध्यक्ष भिमवहादुर पाण्डेले वताउनुभयो ।
उहाले नया उद्योग संचालन गर्न खोज्ने व्यक्तिलाई समेत कसरी उद्योग स्थापना गर्ने,उद्योग संचालनको प्रक्रिया,आइपर्न सक्ने समस्या र समाधानका उपाय समेत प्रदान गरिने भएकोले यस पटकको राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई विशेष र वास्तविक प्रदर्शनी भनिएको अध्यक्ष पाण्डेको भनाई थियो । चितवनमा स्थापित कृषिसंग सम्वन्धित व्यवसायको पनि विशेष परिसर तथा स्टल रहने छ ।
मेशिनरी औधोगिक प्रदर्शनीका अलावा कुखुरा,माछा र केरालाई विशेष प्रार्थमिकतामा प्रदर्शनी स्थलवाट प्रवद्र्धन गर्ने योजना आयोजकले लिएको छ । राखी घरेलु तथा साना उद्योग कार्यालय चितवनको तथ्या∙मा चितवनमा ७ हजार ३ सय उद्योग दर्ता छन् ।
हाल कति उद्योग संचालनमा छन् भन्ने यकिन तथ्या∙ भने कार्यालयसंग छैन । चितवन उद्योग संघले २०६६ सालदेखि प्रत्येक २ वर्षमा औद्योगिक प्रदर्शनी तथा मेलाको आयोजना गर्दै आएको छ । चितवन उद्योग संघमा साना लघुउद्यमदेखि विश्वकै कहलिएको चौधरी उद्योग ग्राम र कोकोकोला उत्पादन गर्ने बोटलर्स नेपाल पनि सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published.