प्रशासनको अनुगमन

प्रकाश सिग्देल
चितवन, २३ पुस । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर सप्तगण्डकी चोक क्षेत्रका पसल तथा डिपाटमेन्टल स्र्टोसको अनुगमन गरेको छ ।
बजारमा उपभोग्य सामाग्रिको अभाव र मुल्य बृद्धि भएको भन्ने गुनासोका आधारमा बजार अनुगमन गरेको बजार संरक्षण अधिकृत नेत्र शर्माले बतए । टोलिले सप्तगण्डकी डिपाटमेन्र्टस स्टोर्स र सो क्षेत्रका किराना पसलको अनुगमन गरेको थियो । अनुगमनका त्रममा भ्याद नागेका पेय पदार्थ, बिस्कुट जन्य खाद्यय पदार्थ लगायत अन्य बस्तुहरु नष्ठ गरिएको खाद्यय निरिक्षक नबिन देउजाले बताए ।
बजारमा चाउचाउको मुल्यमा बृद्धि भएकाले आफुहरुले ब्यपारीले लाई कृतिम अभाव सृजना गरी मुल्य बृद्धि नगर्न आग्रह समेत गरेको र त्यस्तो गरे कारबाहि गर्ने चेतावनि दिएको उनले बताए । टोलीमा उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका बरिष्ठ उपाध्यक्ष बिष्णु भुषाल लगायत पत्रकारको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.