किसान लुट्दै हिमगिरी फुड प्रडक्ट्स


प्रकाश सिग्देल

चितवन, २३ पुस । हिमगिरी फुड प्रडक्ट्स रुपन्देहीले गुण स्तर हिन चोक्कर बिक्री गरी किसान ठगी गर्ने गरेको खुलेको छ । बजारमा चोक्कर अभाव भईरहेको समयको सदुपयोग गरि चोक्करमा गुणस्तर हिन बस्तु मिसाएर बिक्री गरेको भेटिएको ब्यवसायीक दुध उत्पादक कृषक समाज चितवनले जनाएको छ । हिमगिरी फुड प्रडक्टस छिपागढ रुपन्देहीले उत्पादन गरेको डवल काउ ब्राण्डको चोक्करमा कालोमाटो,बालुवा,गहुको ठेट्ना र चिउराको भुस मिसाएर बजारमा पठाएको भेटिएको ब्यवसायीक दुध उत्पादक कृषक समाजका जिल्ला अध्यक्ष कृष्ण भण्डारीले बताउनु भयो । चोक्करको बोरामा उत्पादन मिती ,उपभोग्य मिति समेत नराखी कुहेको चोक्करमा माटो, भुस मिसाएर सप्लायर्सको मिलेमतोमा उद्योगले किसान ठगेको सचिव ईन्द्र मणी गैरेले बताउनु भयो । जुन चोक्कर पशुका लागी हानिकारक तथा पुर्ण तया अखाध्य रहेको उहाको भनाई छ । भरतपुर उपमहानगरपालिका मंगलपुर १६ सरणपुर सानोगणीका किसान मोतिराम ढकालले केहि दिन अघिमात्रै नारायणगढ स्थीत सप्लार्यस ईश्वरी खरेलको गोदाम बाट झारेको ५० भन्दा बढि बोराको चापट पुर्णतया गुणस्तर हिन रहेको भेटिएको उहाले बताउनु भयो । ढकालले चापट गुणस्तर हिन रहेको बताएपछी आफुहरुले निरिक्षण गर्दा चापट बस्तुका लागी खुवाउनै नमिल्ने खालको भेटिएको उहाको भनाई छ । किसान ढकालले पनि गुणस्तर हिन चापटका कारण पशुले दुध घटाउदै लगेको छेर्न थालेको र बिरामी समेत हुन थालेकोले लाखै रुपैया घाटा बेहोर्नु पर्ने अवस्था सृजना भएको बताउनु भयो । उद्योग सञ्चालक लाई यो बिषयमा जानकारी गराउदा सकेको गर भनेर आफुलार्य धम्काएको उहाको भनाई छ । ढकाल राष्टपती पुरस्कारबाट सम्मानित किसान हुन् । उनले १ सय बढि गाई पाल्दै आएका छन् । बन्दर अभावको मौका छोपी सप्लायस र मैदा मिल मिलेर ब्यवसायीक किसान मार्ने षडयन्त्र भईरहेको राष्ट्यि ब्यवसायीक कृषक समाजका केन्द्रिय अध्यक्ष आनन्द न्युरेले बताउनु भयो । मुल्य पनि अधिक लिने र गुणस्तर हिन बस्तु बेचेर किसान ठगी गर्ने उद्योग र सप्लार्यसलाई कारबाहि गर्ने उहाले चेतावनि दिनु भयो । विश्व खाद्य संगठनको नियमावलि अनुसार मानव जन्य खाद्य बस्तु उत्पादन भन्दा त्यसको उप उत्पादन लाई ५० प्रतिषत भन्दा बढि मुल्यमा बिक्री गर्न नपाईने नियम छ । तर उद्योगले २० रुपैया केजिमा गहु खरित गरी त्यसको बोक्रा मा माटो मिसायर ३५ रुपैयामा बिक्री गरी किसान मार्ने र पशुपालन ब्यवसायलाई तहस नहस पार्ने खेलमा लागेकाले उस्ता उद्योगलाई जुन सुकै हालतमा पनि कारवाही गर्ने उहाले बताउनु भयो । अधिकाम्स मौदा मिलले उता उद्योग सञ्चालकल गुणस्तर हिन बस्तु उत्पादन गरि बेचेकाले प्रशासनले निगरानी गरी कडा कारबाही गर्नु आवस्यक रहेको उहा बताउनु हुन्छ । यता उद्योग सञ्चालकले भने यो बिषयमा प्रतिक्रिया दिन मानेनन् ।