महाबौद्ध गुम्बा भवन निमार्णको लागि ५० हजार सहयोग

चितवन, २३ पुस । महाबौद्ध गुम्बा तीनखोले भरतपुरमा निर्माणाधिन प्रमुख लामा निवासका लागि ५० हजार ५ सय रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । भरतपुर १० लाहुरेटोल स्थायी घर भई हाल मकाउ बस्दै आउनुभएका सुनिल गुरुङले आफ्ना मातापिताको नाममा सो रकम सहयोग गर्नुभएको हो । बुधबार महाबौद्ध गुम्बा तीनखोले भरतपुरमा एक कार्यक्रमको आयोजना गरेर सो रकम बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष गणेश बहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । गुम्बा परिषरमा नै सुविधासम्पन्न लामा निवास निर्माण गर्ने भएपछि समितिलाई थोरै भएपनि सहयोग गरौं भन्ने भावनाले आफ्नो बुबाआमाको नाममा सो रकम सहयोग गरेको सुनिल गुरुङको भनाई छ ।
महाबौद्ध गुम्बा पनि आफ्नै घर हो भन्दै सबैले थोरै सहयोग गरे गुम्बा विकासका लागि टेवा पुग्ने सुनिलका बुबा जुमकाजी गुरुङको भनाई छ । यस्तै बौद्ध धर्म सेवा समितिका अध्यक्ष गुरुङले सहयोग रकम बुझ्दै गुरुङ परिवारलाई धन्यवाद दिनुभयो । उहाँले विदेशी भूमिमा रहेर पनि आफ्नो जिल्लालाई सम्झेर योगदान प¥याएको भन्दै खुलेर प्रसंसा गर्नुभयो । गुम्बा परिषरमा प्रमुख लामा निवास निर्माणका लागि अन्य दाताहरुबाट पनि रकम उपलब्ध भएको बौद्ध धर्म सेवा समितिले जनाएको छ । करिब ७ लाख रुपैयाँको लागतमा प्रमुख लामा निबास निर्माण गरिएको गुम्बाका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । यस्तै लामा निवासको आडैमा ३ कोठे अतिथि गृह पनि निर्माण गर्दैछ । करिब २१ लाख ७५ हजार रुपैयाँ खर्च लाग्ने समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.