गौतम प्यानल भेटघाटमा व्यस्त, गौतम प्यानललाई नै सहयोग सबै पोल्ट्रीहरु एक जुट हुनुपर्नेमा जोड

चितवन, पुस २२ । उद्योग वाणिज्य संघ चितवनको नयां नेतृत्वका लागि हुने लागेको आसन्न निर्वाचनमा चुनावी सरगर्मी बढेको छ । अध्यक्ष पदका प्रत्यासी युवा व्यवसायी राजन गौतमको प्यानल चुनावी प्रसार प्रचारलाई तिव्र बनाएको छ । व्यवसायीमा देखिएको समस्याहरु बुझदै र आफ्ना रणनिती बारेमा व्यवसायीहरुलाई जानकारी गराउदै गौतम नतेृत्व प्यानलनै चुनावी प्रसार प्रचारलाई तिव्र रुपमा अगाडी बढेको हो । यसै क्रममा गौतम प्यानलले आज (बुधबार) नेपाल कुखुरा व्यवसायी मञ्चका प्रतिनिधिहरुसगं भेटघाट तथा छलफल सम्पन्न गरेको छ । सो अवसरमा सहभागी कुखुरा व्उवसायीहरुले गौतम प्यानलमा रहेका उम्मेदवारहरुलाई जिताउने सहयोग आश्वासन समेत दिएका थिए ।
गौतम प्यानललाई कुखुरा व्यवसायीहरुले पूर्ण रुपमा साघाउन गौतम प्यानलका बरिष्ठ उपाध्यक्ष ऋषिप्रसाद लामिछानेले जानकारी दिए। सो अवसरमा बोल्दै मञ्चका प्रतिनिधि सदस्य अर्जुन अर्यालले व्यवसायीहरुले पुरातन शैली देखि आजित बनेको भन्दै नयां सोच र शैलीका साथ आएको गौतम प्यानललाई नै सहयोग सबै पोल्ट्रीहरु एक जुट हुनुपर्नेमा जोड दिएका दिए । 12465918_979268228783276_5671620314584698510_o
कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार गौतमले कुखुरा व्यवसायीहरुको हकहितसगै व्यवासयीक सुरक्षाका लागि आफु प्रतिवद्ध भएको बताए । सौ उनले कुखुरा व्यवसायीहरुसगंको सम्बन्ध सुमुधुर रहेको भन्दै यसलाई सधै कायम राख्ने बताए ।
यस्तै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ऋषिप्रसाद लामिछानेले चितवनको व्यवसायीक विकास लागि गौतम प्यानल अहिलेको आवश्यकता भएको बताए । भने उपाध्यक्षका उम्मेदवार विष्णुप्रसाद कडेलले आफू सधै व्यवसायीको पक्षमा लागि परेको भन्दै आफहरुलाई विजयी गराउनुपर्ने बताए ।
कार्यक्रममा गौतम प्यानलका सबै टिमको सहभागिता रहेको थियो । कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार राज गौतमसंगै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ऋषिप्रसाद लामिछाने, उपाध्यक्ष पदका उम्मेदहरु विष्णुप्रसाद कडेंल, भोजराज कौडेल, पुष्पनिधि लोहनी सहित सदस्यहरु विनोद पौडेल, समुन सिग्देल, लगायतका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।
उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि पुस २८ गते निर्वाचन हुँदैछ । भने सस्थापन पक्षका रुपमा रहेको सहनलाल प्रधानको टिम पनि भेटघाटमा व्यस्त छ ।

Leave a Reply

Your email address will not be published.