संविधान कार्यान्वयनको पक्षमा पार्टी प्रतिबद्ध

प्रस्ताव सुवेदी
चितवन २२ पुस । नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनको पक्षमा पार्टी प्रतिबद्ध भएर लाग्ने वताउनु भएको छ । नेपाली काँग्रेस चितवनले आज नारायणगढमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा वोल्दै उहाँले संविधानको अन्तरवस्तुहरुका विषयमा पार्टीको तल्लो तहसम्म वुझाउनु पर्ने भएको भन्दै त्यसमा लाग्न सवै संग आग्रह गर्नु भयो ।
संविधान जारी भए पछि विदेशी प्रभाव र चलखेल यथेष्ठ मात्रामा वढेको बताउदै उहाँले यसबाट जोगिनु पर्छ भन्नु भयो । अहिले मुलुकमा देखिएको समस्याले नेपालमा विदेशिको स्वार्थ कति छ भन्ने स्पष्ट देखिएको पनि उहाँले वताउनु भयो । नेपाली जनताको संविधान जनता वाटै चुनिएका तत्कालीन सभाषदहरुले निर्माण गरेको भन्दै यसको लाभ लिने र संरक्षण गर्ने चुनौति जनतामानै रहेको वताउनु भयो ।
मधेसि मोर्चाले गरेको आन्दोलनले मधेसिको माग संम्वोधन गर्न नसक्ने भन्दै उहाँले वार्ता मार्फत समस्या समाधान गर्न सकिने वताउनु भयो । नाका वन्द गरेर नेपालीलाई पिडा दिएर नेपालीको माग पुरा नहुने भन्दै उहाँले मधेश प्रति नेपाली काग्रेस सधै उदार रहेकोले उनिहरुको जायज मागको पक्षमा अन्य दलहरु संग लडिरहेको वताउनु भयो ।

Leave a Reply

Your email address will not be published.