ट्राफिक प्रहरीको ज्यादतीले पशुपालक किसानहरु मारमा


प्रकाश सिग्देल

चितवन पौष २२ । ट्राफिक प्रहरीको ज्यादतीका कारण पशुपालक किसानहरु मारमा परेका छन् ।
नाकाबन्दिले दाना चोक्करको अभावमा पशु धान्नै मुस्किल भईरहेका बेला ट्राफिक प्रहरीले पराल तथा भुसको ओसार पोसारमा बिनाकारण समस्या सृजना गर्दा ब्यवसायीक पशुपालक किसानलाई परालको समेत अभाव सृजना हुने अवस्था आएको राष्ट्यि ब्यवसायीक पशुपालक कृषक समाजका केन्द्रिय अध्यक्ष आनन्द न्युरेले बताउनु भयो ।
पराल बोरामा हालेर ओसार पासार गर्न नमिल्ने ट्रकमा लोड गरेर ल्याउदा ट्राफिकले बिभिन्न बाहाना बनाउदै ट्रकलाई जरिवना कटाउने देखि चालकलाई धम्काउने सम्मका काम हुन थालेपछि ट्र्कवालाहरुले पराल ल्याउन गाह्रो मान्दा पशुलाई पराल समेत खुवाउन नपाउने अवस्था सृजना भएको उहाको भनाई छ ।1
बिशेष गरी नवलपरासी र रुपन्देहीको सडकमा पराल बोकेको ट्रक देख्ने बित्तिकै ट्रफिकले १ हजार जरिवना काट्ने गरेको र एउटै जिल्लामा एकै दिनमा पटक पटक सम्म ट्राफिक लाई पैसा तिर्नु पर्ने अवस्थाले ट्रक सञ्चालकहरुले पराल ओसार पसार गर्न नमान्दा किसानहरुलाई समस्या भएको उहा बताउनु हुन्छ । ट्रफिकले आफुहरुमाथी ज्यादती गरेका भन्दै नवलपरासी चितवन भुस ब्यवसायी संघले राष्ट्रिय ब्यवसायीक पसुपालक कृषक समाज नेपाललाई पत्र बुझाउदै पराल ढुवानिमा सहज बातावरण सृजना गर्नमा सहज भुमिका निवाह गर्न आग्रह गरेको छ ।
संघका अध्यक्ष नरहरी सापकोटाले ट्राफिक प्रहरीका कारण आफुहरुलाई समस्या सृजना भएको भन्दै समन्वय कारी भुमिका निवार्ह गरीदिन आग्रह सहित आफुहरुकोमा निबेदन बुझाएको न्युरेले बताउनु भयो ।
बिशेष गरी नवलपरासीमा ट्राफिक प्रहरी प्रमुख फेरीना साथ नियममा परिर्वतन हुदा आफुहरु समस्यामा परेको पराल ब्यवसायीहरु बताउछन् । एउटा प्रमुखको कार्यकालमा सहि भएको नियम अर्को प्रमुखको कार्यकालमा गलत हुने कुराले आफुहरु मारमा परेको ब्यवसायीको भनाई छ ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय कावासोती नवलपरासीका ट्रफिक प्रहरी प्रमुख लोक बहादुर बुडाथोकीले भने नियम बिपरीत बाटोनै ढाक्ने गरी पराल बोकेका ट्रकहरुलाई जरिवना कटाएको बताए । ट्र्कको पछाडी सम्म भाटा तेसारेर हिडने , बाटामा पराल र भुस छर्ने गरेकाले जरिवना कटाउनु परेको उनको भनाई छ । ब्यवसायीले सहि तरीकाले पलास्टिक वा त्रिपालले छोपेर लगे आफुहरुले केही नगर्ने उनि बताउछन् ।

Leave a Reply

Your email address will not be published.