पिठौली खानेपानी परियोजना उद्घाटन

कावासोती पुस २२ । कावासोती नगरपालिका–१२, पिठौली, नवलपरासीमा पिठौली खानेपानी परियोजनाको उद्घाटन गरिएको छ ।
कूल १५ लाखको लागतमा निर्मित उक्त परियोजनामा रोटरी क्लबको तर्फबाट पाँचलाख पचास हजार रुपैयाँ र बाँकी स्थानिय सहभागिता र अन्य सहयोगीहरुबाट जुटाइएको हो ।
परियोजनामा हिलटेक ईण्डष्ट्रिज प्रा. लि., काठमाण्डौ, नेपाटप ईण्डष्ट्रिज प्रा. लि., काठमाण्डौ, त्रिदेव ईन्जिनियरिङ्ग प्रा.लि., नारायणगढ, पिठौली जल उपभोक्ता समिति, पिठौली र जग्गा दाता तथा पिठौली जल उपभोक्ता समितिले नगद तथा जिन्सी सहयोग गरेका थिए । कार्यक्रममा परियोजनाका प्रमुुख महेन्द्रलाल प्रधानले परियोजनाको बारेमा विस्तृत विवरण पेश गरेका थिए ।
चितवन रोटरी क्लबका सचिव दिपक प्रधान, जल उपभोक्ता समितिका अध्यक्ष चुडामणी गुरौ, वडा नागरिक मञ्चका संयोजक खेमप्रसाद वाग्ले र शारदाप्रसाद अधिकारीले मन्तव्य राखेका थिए ।
कार्यक्रममा चितवन रोट¥याक्ट क्लबका अध्यक्ष लक्ष्मी श्रेष्ठ, क्लबका पूर्व अध्यक्षहरु, वोर्डका सदस्यहरु, एनीहरुलगायतको उपस्थिति रहेको थियो । चितवन रोटरी क्लबका अध्यक्ष निरंजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२, नेपाल–भूटानका डिष्ट्रिक्ट गभर्नर केशब कुँवर प्रमुख अतिथि रहेका थिए ।

Leave a Reply

Your email address will not be published.