उवासंघको नयाँ नेतृत्वमा सहनलाललाई सहयोग गर्ने चितवनका पत्रकारहरुको प्रतिवद्धता/प्रधानको जित सुनिश्चित भएको विश्लेषण

चितवन, २२ पुस । उद्योग बाणिज्य संघ चितवनको आगामी नेतृत्व हालका बरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानकै हुनेमा चितवनका पत्रकारहरुले ठोक्कुवा गरेका छन् । आसन्न निर्वाचनमा जितको नजिक पुग्नुभएका प्रधानलाई जिताउन आफुहरु प्रतिवद्ध भएको समेत उनीहरुले बताए ।
निर्वाचन नजिकिदैं जादाँ पत्रकारहरुहरुसंग भेटघाट गर्नुभएका प्रधानलाई विश्वास दिलाउंदै पत्रकारहरुले उवासंघमा लामो अनुभव सगाल्नुभएका प्रधानले नेतृत्व पाए योग्यता र क्षमताको कदर हुने विश्लेषण गरे । व्यवसायी मात्र नभई संञ्चार उद्यमीको रुपमा चितवनमा पहिलो रेडियो स्थापना गर्ने श्रेय पाउनुभएका प्रधानलाई जिताउन पत्रकारले खेल्ने भुमिका सकरात्मक हुनुपर्ने समेत अग्रज पत्रकारहरुले बताएका छन् ।
संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका प्रधानको उद्योग बाणिज्य संघ चितवनमा दश बर्ष लामो अनुभव रहेको छ । सदस्यबाट ३ पटक उपाध्यक्ष र हालको कार्यकालमा बरिष्ट उपाध्यक्ष रहनुभएका प्रधानले पत्रकारको बृद्धि विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको पत्रकारहरुको बुझाई छ । भेटका अवसरमा बोल्दै नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले प्रधानलाई अग्रिम बधाई दिदैं संघको व्यापारिक गतिविधिलाई थप चलायमान बनाउन नेतृत्वले चुस्त रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधान सञ्चार उद्यमी समेत भएकाले उहाँको जीतमा समग्र पत्रकारहरुको प्रतिष्ठा जोडिएको समेत आचार्यले उल्लेख गर्नुभयो । यस्तै नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र बडुवालले चुनावी प्रतिस्पर्धामा दुवै पक्ष प्यानल बनाएर होमिएकाले जितपछि पनि आर्थिक विटमा कलम चलाउने पत्रकारको बृद्धि विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
संघले विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय रुपमा गर्ने तालिमहरुमा पनि पत्रकारहरुको सहभागिता गराइनुपर्ने उहाँको भनाई थियो । यस्तै पत्रकार जनक अर्यालले उवासंघको गरिमा जोगाइरहनका लागि अहिलेसम्म सहन प्रधानको विकल्पमा अरु हुन नसक्ने भन्दै मतदाताहरुले पनि सोही रुपमा मुल्याकंन गर्ने बताउनुभयो । पत्रकारहरु सुर्य प्रकाश कडेल, चांदनी हमाल, प्रकाश ज्ञवाली, राजु सापकोटा, मोहनचन्द्र रुम्वा लगायतले उवासंघले हरेक बर्ष प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कारलाई परिष्कृत गर्नुपर्ने सुझाव दिएका छन् ।
आगामी अध्यक्ष प्रधान नै भएको र औपचारिक मात्र हुन बाकी रहेकाले अहिलेबाट नै पत्रकारका बिषयमा पनि योजना बनाइरहन उनीहरुले आग्रह समेत गरे ।
भेटघाटमा पत्रकारले उठाएका कुरामा पुर्ण सहमति जनाउंदै प्रधानले आफु सहि सल्लाह र सुझाव अनुरुप नै अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो । आफ्नो संस्थाप्रतिको लगानी र योगदानलाई आम मतदाताले पनि मुल्याकंन गर्नेमा प्रधानको विश्वास छ । भेटघाटमा पत्रकार संघ संगठनका प्रमुख एवं प्रतिनिधि, सञ्चार संस्थाका प्रतिनिधि , साथै ६० बढी पत्रकारको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.