उवासंघ चितवनको अध्यक्षका उम्मेदवारहरुको आ–आफ्नै दावी (अन्तरवार्ता)

आगामी एक सातामा उद्योग वाणिज्य संघ–चितवनमा नया“ नेतृत्व आउनेछन् । त्यसकै तयारीका लागि सम्पूर्ण व्यवसायी विस्तारै दुई कित्तामा विभाजित हुँदैछन् । संस्थापन र फरक धारका दुई पक्ष चुनावमार्फत नेतृत्वमा पुग्ने दाउमा छन् । आगामी पुस २७ र २८ गते हुने संघको साधारणसभा तथा अधिवेशनको नतिजा २९ गते ल्याउने निर्वाचन समितिको तयारी छ । संस्थापन पक्षका तर्फबाट वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान र फरक धारबाट राजन गौतम अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणाका साथ मैदानमा छन् । उनीहरु दुवैसँग चुनावका विषयमा विनोदबाबु रिजाल र विप्लव काफ्लेले कुराकानी गरेका छन् ।

नेतृत्वमा आउन क्षमता र अनुभव चाहिन्छः प्रधान
सहनलाल प्रधान सिनर्जी एफएम प्रा।लि। भरतपुरका प्रबन्ध निर्देशक हुन् । उद्योग वाणिज्य संघ–चितवनको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष उनी आसन्न ४९ औं साधारणसभामा अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारीमा छन् । विगत २० वर्षदेखि उद्योग वाणिज्य संघ–चितवनसँग प्रत्यक्ष÷अप्रत्यक्षरुपमा संलग्न रहेको दावी गर्ने प्रधान पहिलोपटक २०६२ सालमा संघको कार्यसमिति सदस्य बनेका हुन् । त्यसयता २ पटक तृतीय उपाध्यक्ष, एकपटक प्रथम उपाध्यक्ष भएपछि २०७० सालमा वरिष्ठ उपाध्यक्ष बनेका हुन् । उनी वाणिज्यशास्त्रका स्नातक हुन् । आगामी पुस २७ र २८ गते हुने साधारणसभामा संस्थापन पक्षको समूह नै लिएर मत माग्न व्यस्त उनले अर्को पक्ष सहमतिमा आए मिलेर जान सकिने बताएपनि आफूहरु कुनैपनि पद गुमाउन नचाहेको संकेत गरे ।
कस्ता एजेण्डा लिएर अघि बढ्नुभएको छ चुनावमा ?
यो चुनाव उद्योगीको हो, त्यसैले ठूला कुरा गर्न आवश्यक छैन । उद्योगी÷व्यवसायीको हकहित संरक्षण गर्दै व्यवसायिक क्रियाकलाप प्रवद्र्वन गर्नु नै हाम्रो लक्ष्य हुनुपर्छ भन्ने मान्यता म राख्छु । नारायणगढ र भरतपुर बजारसँगै जिल्लाव्यापीरुपमा नै हामी क्रियाशील भएकाले समग्र जिल्लामा कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासले नै जिल्लाको आर्थिक विकास सम्भव छ । यिनै क्षेत्रको सम्भावनाको खोजी गरी ठोस कार्यक्रम हामी ल्याउने छौं । त्यस्तै व्यवसायीले भोगिरहेका घरबहाल, कर तथा राजस्वका समस्या सुल्झाउनुपनि हाम्रा प्राथमिकता हुन् ।
तपाईंले नेतृत्व गर्नुभएको संस्थापन पक्षले कुनै जाति विशेष वा समूह विशेषको प्रतिनिधित्व गर्छ भन्ने आरोप छ नि ?

उद्योग वाणिज्य संघ नितान्त व्यवसायिक संस्था हो । यसले सबैलाई व्यवसायी देख्छ र तिनको व्यवसायिक हित चाहन्छ न कि कुनै जाति विशेष वा समूह विशेषको । यहाँ शुद्ध व्यवसायीले प्रवेश पाउँछन् । ती जुनसुकै धर्म, लिंग, वर्ण वा जातिका हुन सक्छन् । यस्ता आरोप किन लगाइन्छ म अचम्भित छु । यहाँले संकेत गर्नुभएको नेवार र गैरनेवारको कुरा होला । इतिहास हेर्ने हो भने गैरनेवार समुदायबाट पनि उच्च पद अध्यक्ष बनेका छन् । म फेरि जोड गरेर भन्छु कि जातिगत, राजनीतिगत वा अरु केही कारणले नेतृत्वमा पुग्न रोकिन्न । यी आरोप अत्यन्त निराधार हुन् । आरोप लगाउनेहरुलाई चुनावी हतियारका रुपमा जातीय कित्ताकाँट नगर्न म अनुरोध गर्छु ।
त्यसोभए प्रजातान्त्रिक प्रणालीमा विश्वास गरेर अर्को समूह बनाएर अघि बढेकालाई किन संघकै छवि बिगार्न लागे भन्ने आरोप लगाउनुभएको त ?
यो पनि गलत हो । म स्पष्टसँग भन्छु कि हामीले यस्तो आरोप लगाएका छैनौं । तर, महत्वपूर्ण यो पनि हो कि एसएलसी दिन टेस्ट पास हुनैपर्छ भनिएजस्तै संघको नेतृत्वमा आउन संघको बारेमा बुझेको हुनैपर्छ । तर, उहाँहरुले पर्याप्त मात्रामा संघको बारेमा बुझ्नु नै भएको छैन । संघमा एकदुई कार्यकाल मात्र काम गरेर सबै कुरा बुझेको हुँदैन । उद्योग वाणिज्य संघ–चितवनको बेग्लै पहिचान छ । यसको छवि राष्ट्रमा मात्रै होइन । अन्तराष्ट्रमा पनि उत्तिकै परिचित छ । त्यसकारण जुन लगनका साथ यहाँ काम गर्नुपर्छ, त्यो लगन नपुग्ने हो कि, केही गरी छवि गिर्ने हो कि भन्ने डर मात्रै हो । तर, अर्को पक्ष आउँदा छवि नै बिगार्छ, पूरै डामाडोल हुन्छ भनेका छैनौं ।
व्यवसायीहरुको हकहितका लागि नेतृत्वमा जाने दावी गर्नुहुन्छ । तर, चुनावी माहोल कस्तो राजनीतिक दलको जस्तो है ?
त्यस्तो होइन । चुनाव भनेपछि आ–आफ्नो हिसाबले बलियो हुन खोज्नु स्वाभाविक हो । उहाँहरुपनि आफ्नै रणनीतिले अघि बढ्नुभएको होला, हामीपनि बढेका छौं । त्यसमा कुनै अनौठो कुरा छैन । तर, आ–आफ्नो आस्था वा विचार समूह भएपनि कुनै दल विशेषको वा विचार विशेषको दबाब वा प्रभाव छैन । सबैजना सदस्यज्यूहरु स्वतन्त्र हुनुहुन्छ ।

चितवन महोत्सवलगायत ठूला मेला तथा अरु गतिविधिमा यहाँहरु पारदर्शी हुनुहुन्न भन्ने आरोप लागेको छ, के भन्नुहुन्छ ?

हास्यास्पद कुरा हुन् यिनीहरु । चितवन महोत्वस होस् वा अरु कुनै । सम्बन्धित सबै बसेर बकाइदा पास गरेका कुराहरु हुन् । सबै निर्णयमा माइन्यूट गरिएका छन् । त्यसमा अपारदर्शीताको कुरै हुँदैन । अर्को कुरा हामी आईएसओबाट प्रमाणित संस्था हौं । आर्थिकरुपमा अपारदर्शी भए त हामी यसमा सर्टिफाइड नै हुन सक्दैनौं । यदि त्यस्ता अस्पष्टता छन् भने तपाईं आफैले पनि हेर्न सक्नुहुन्छ, हामी ती विवरण देखाउन सक्छौं ।
आईएसओको कुरा गर्नुहुन्छ, उत्कृष्ट उद्योग वाणिज्य संघ बन्नुभएको छ । तर, तल्लो तहका व्यवसायीहरु व्यवसायिक अभिलेखीकरण, कर तथा राजस्वका आवश्यक प्रक्रियाहरुमा पोेख्त बन्न सकेका छैनन् ।

यी कुरामा तपाईंहरुको ध्यान खै त ?
सही विषय उठाउनुभयो । त्यही भएर हाम्रा एजेण्डाको कुरा गर्दा मैले यी कुरापनि समेटेको हुँ । हामीले कर तथा राजस्वका कुरा, अभिलेखीकरणका कुरा नियमितरुपमा सिकाएका छौं । सम्बन्धित अधिकारीहरुलाई नै ल्याएर व्यवसायीसँग प्रत्यक्ष अन्तरक्रियापनि गराएका छौं । तर, बिडम्वना के छ भने त्यस्ता कार्यक्रममा हाम्रा व्यवसायी साथीहरुको उपस्थिति अत्यन्तै न्यून हुने गरेका छन् । यसले गर्दा नै चाहिनेजति नतिजा आइरहेको छैन । त्यसकारण उच्च महत्व दिएर यी विषयलाई पनि निरन्तर सञ्चालन गरिने छ । तर, व्यवसायी साथीहरु आइदिए भने यस्ता कुरामा सुधार भएर जानेछन् ।
तपाईंहरुले गर्न नसकेको अर्को काम भनेको नारायणगढ बजार व्यवस्थापन हो । यसमा किन ध्यान नदिनुभएको ?
ध्यान नदिएको भन्ने आरोप सत्य छैन । यसको प्रमाण फुटपाथ व्यवस्थापन हो । पहिले हाम्रो बजार कस्तो थियो र अहिले कस्तो छ सबैले देखेकै कुरा हो । पार्किङ व्यवस्थापनपनि धेरै भएको छ । पहिलेको कूरुप बजार अहिले देखिदैन । अवस्था धेरै सुध्रिएको छ । तपाईंले देख्न सक्नुहुनेछ ट्राफिक कार्यालयसँगको सहकार्यमा भरखरैमात्र शहीदचोकबाट बेलचोकसम्म वान साइड पार्किङको अवधारणा ल्याएका छौं । गर्दागर्दै पनि अपेक्षा गरेजस्तो छैन भन्नु स्वाभाविकै हो । यसको कारण नगरपालिकामा छिटोछिटो कार्यकारी अधिकृत फेरिनु पनि हो । एउटासँग सहकार्य सुरु ग¥यो, परिवर्तन भइहाल्छ । फेरि नयाँसँग समन्वय गर्न समय कुर्नुपर्छ । मुख्य निकाय भनेका नगरपालिका नै हो । हामीले पहलकदमी गर्ने नै हो । पुलचोकबाट शहीदचोकसम्मको राजमार्ग क्षेत्र व्यवस्थापन कसले गर्ने भन्नेमा सडक विभाग र नगरपालिका स्पष्ट छैनन् । एउटाले अर्काको क्षेत्र भनेर पन्छिन खोज्छ । पहिले त उहाँहरुमै समन्वय हुन आवश्यक छ । तैपनि हामीले गर्नुपर्ने काम फेरिपनि जारी राख्नेछौं । बजार क्षेत्र व्यवस्थापन गर्न स्पष्ट कार्ययोजना नै लिएर अघि बढ्नेछौं ।
घरबहालको समस्या समाधान गर्नुभएको छ, त्यसमा के गर्ने हो ?
३ वर्षअघि नै घरबहालको समस्या समाधान गर्न हामीले स्पष्ट सम्झौता गरेका छौं । संघले आफ्नो बुलेटिनमा पनि नियमित प्रकाशन गरिरहेको छ । घरबहालमा लिदा स्पष्ट भाडा दर तोक्नुपर्ने, दुई वर्षमा भाडा बढ्ने, करार स्पष्ट गर्नुपर्नेलगायतका मापदण्ड तोकिएका छन् । तैपनि समस्या देखिएका छन् । व्यवसायी–व्यवसायीबीचकै कारणपनि समस्या आएका छन् । जस्तै सलामी दिएरपनि एउटा व्यवसायीले अर्को व्यवसायीलाई विस्थापित गर्नेहरुपनि छन् । व्यवसायीलाई नै मर्का पर्ने गरी आएको समस्या समाधानका लागि संघमार्फत पहल गरिरहेका छौं । यसलाई अझै प्रभावकारी बनाउने छौं भन्ने हो ।
तपाईंहरुको प्रतिबद्धतापत्रमा ‘वान सिटी, वान आइडेन्टीटी’ बनाउने कुरा उल्लेख छ, के छ कार्ययोजना ?
चितवन बहुआयामिक जिल्ला हो । यहाँ धेरैखाले सम्भावना छन् । हाम्रो धारणा भनेको यहाँका सम्भावित क्षेत्रहरुलाई विशिष्टीकृत गर्ने भन्ने हो । जस्तो नारायणगढ बजारलाई व्यापारिक हबका रुपमा अघि बढाउन सकिन्छ । सौराहा आसपास क्षेत्रलाई पर्यटन केन्द्रका रुपमा अघि बढाउन सकिन्छ । भरतपुर क्षेत्रलाई मेडिकल हबका रुपमा अघि बढाउने कुरा त धेरै अघिदेखिको हो । यही कुरालाई विशिष्टीकृतरुपमा व्यवस्थित गर्ने योजना हामीले बनाएका हौं ।
यतिखेर दुई समूह चुनावी मैदानमा हुनुहुन्छ । सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना देख्नुहुन्छ ?
हामी लामो समयदेखि संघको विभिन्न जिम्मेवारी र भूमिकामा छौं । अनुभव र रोलक्रम दुवै आधारमा हाम्रो समूह निर्विवाद दाबेदार हो । जसले अनुभव बढी हासिल गरेको छ, जसले क्षमता प्रमाणित गरिसकेको छ, त्यही नै नेतृत्वमा आउनुपर्छ भन्ने त आम मान्यता नै हो । यसमा कुनै शंका छैन । तैपनि उहाँहरु आएर छलफल गरौं भन्नुभयो भने सहमतिको सम्भावना नरहने भन्ने कुरा त छैन ।

आलोपालो प्रथा तोड्न चाहन्छौंं– राजन गौतम

उद्योग वाणिज्य संघ–चितवनको कार्यसमितिमा रहेर दुई कार्यकाल काम गरेका राजन गौतम खाद्य व्यवसायमा सक्रिय छन् । व्यवस्थापन संकायमा स्नातकोत्तर उनी अध्यक्ष पदमा संस्थापन पक्षलाई टक्कर दिने तयारीमा छन् । यसअघिको चुनावमा वरिष्ठ उपाध्यक्षमा सहन प्रधानसँगै पराजित भएपनि बदलिदो अवस्थामा उनी बेस्सरी लागेका छन् । संघको विधान संसोधन गर्दा चुनावी मतपत्र बनाउनुपर्ने, एकाघर मताधिकार हुनुपर्नेजस्ता पक्षमा उनको जोड थियो । संघको नेतृत्व आलोपालोका आधारमा नभई क्षमता र कार्यकशुलताका आधारमा हुनुपर्ने माग गर्दै उनको समुह व्यवसायी मतदातास“ग मत माग्नमा व्यस्त छ । उनी गौतम खाद्य उद्योग, महाकाली फुड एण्ड एग्रो प्रोसेसिङ, कृषि सामग्री उद्योगका सञ्चालक हुन् ।
उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ?
उद्योग वाणिज्य संघ व्यवसायीहरुको छाता संगठन हो । व्यवसायीको पक्षमा नीति तथा नियमहरु निर्माण गर्न बहस पैरवी गर्ने संस्था हो । तर, उवासंघको विगतदेखिको गतिविधि केलाउँदा व्यवसायीको निकट रहेर काम गर्न असफल बनेको छ । जहानिया“ शासन जस्तो रोलक्रममा नेतृत्व हस्तान्तरण गरेर संघ बलियो बन्दैन । संघको सदस्य बनेका व्यवसायीले संस्था आफ्नो हो भन्ने वातावरण बनाउन नसक्नु विडम्बना हो । विधानमा एक कार्याकाल पूरा गरेकाले अध्यक्ष पदमा चुनाव लड्न पाउने स्पष्ट व्यवस्था छ । सधैं संस्थापन पक्षले मात्रै नेतृत्व लिइरहँदा असन्तुष्ट बनेका व्यवसायीहरुको नेतृत्व गर्दै हामिले प्यानल खडा गरेका हौं । कार्यक्षमता व्यवसायीले आँकलन गर्ने पक्ष हो । हामी उवासंघ चितवनलाई आलोपालो प्रथाबाट मुक्त गराउन चाहन्छौं । प्रजातान्त्रिक मुलुकमा आलोपालो भन्दा क्षमताको मूल्यांकन गरिनुपर्छ ।
संस्था चलाउन कार्य अनुभव त आवश्यक होला नि ?
कार्य अनुभव चाहिदैन भनेर हामीले भनेका छैनौं । हाम्रो समूहबाट उम्मेदवारी दिएका सबैमा कार्य अनुभव छ । संस्थाको विधान हामीले तोडेका छैनौं । उवासंघको विधानअनुसारै चुनाव लड्ने योग्यता पूरा गरेर नै उम्मेदवारी दिन लागेका हौं । म आफै कार्यसमिति सदस्य रहेर दुई कार्याकाल पूरा गरिसकेको छु । संघभित्रको प्रणाली नै पदाधिकारीको एकलौटी निर्णयमा अघि बढ्छ, जसको साक्षीमात्र सदस्यहरुलाई बनाइने गरेका इतिहास छन् । अब यस्तो हुनु हुँदैन । उवासंघको कार्ययोजना बनाउ“दा, आर्थिक एजेण्डाबारेका योजना तथा छलफलमा व्यवसायी प्रत्यक्ष सहभागी बन्न पाउनुपर्छ । उसको दृष्टिकोणलाई समेट्ने प्रयास गरिनुपर्छ । तयारी निर्णय प्रस्तुत गराएर संघ कहिल्यै मजबुत बन्न सक्दैन । यस्ता कामले व्यवसायीमा अपनत्वको भाव झल्कदैन । उवासंघ चितवन बनिसकेपनि अझै नारायणगढमा मात्रै संघ खुम्चनु हुँदैन । नेतृत्व चलाउने क्षमता नभई कुनै व्यवसायीले हामीलाई विश्वास गर्दैन । सिण्डिकेट प्रथाले नेतृत्वको अवसर नपाएकाहरुलाई हामीले समेटेका हौं ।
संस्थापनको कार्यशैलीको खण्डन मात्रै गरेर नेतृत्व पाइएला र ?
होइन, संस्थाको सुधार भएको हेर्न चाहने व्यवसायी, पूर्व अध्यक्षहरुको मनोभावना बुझेर हामी अघि बढेका हौं । संघले गर्ने मेला, महोत्सवको आर्थिक पारदर्शीता हुनुपर्छ । उवासंघले व्यवसायीको हितमा तालिम, सेमिनार गर्नुपर्छ । कर प्रणालीबारे जानकारी गराउन सक्नुपर्छ । बंैक तथा वित्तीय संस्थासँगको सम्बन्ध सुधार हुनुपर्छ । करसम्बन्धी अव्यवहारिक नीतिहरुलाई सुधार गर्न पहल थाल्नुपर्छ । करको दरभन्दा दायरा फराकिलो बनाउन लाग्नुपर्छ । घरबहालसम्बन्धी बनेको आचारसंहिता पूर्ण कार्यान्वयन हुनुपर्छ । संस्थागत सुशासनको पक्षमा हाम्रो उम्मेदवारी हो ।
तपाइले नेतृत्व पाएमा उवासंघले के पाउ“छ ?
सदस्यहरुलाई संघप्रति अपनत्व महसुस गराउन, संघको विधान पूर्ण पालना गराउन हामी नेतृत्वमा आउन चाहेका हौं । वस्तुगत संघ तथा स्थानीय निकायहरुस“गको सम्बन्ध सुदृढ बनाउन, संघको आर्थिक गतिविधि पारदर्शी बनाउन, समृद्ध चितवन बनाउन हामी प्रतिबद्ध छौं । संघको विभिन्न समिति, उप–समितिहरुमा संलग्न भएर काम गरेको अनुभव हामीसँग छ । लामो समयसम्म घरबहाल उपभोक्ता मञ्चमा आवद्धहरु, पर्यटन क्षेत्रमा क्रियाशीलहरु, नगरक्षेत्रको विकास निर्माणको अनुभव संगालेका व्यवसायीहरु हाम्रो समूहमा छन् । हाम्रो समूह क्षमताको आधारमा निर्माण भएको हो । तसर्थ हामीले उवासंघको छवि उच्च बनाउन सक्ने विश्वास छ । उवासंघ चितवन जिल्लास्तरीय संघको रुपमा व्यवसायीले प्रत्यक्ष अनुभव गर्न पाउनेछन् ।
छुट्टै प्यानलमा उत्रिएर किन राजनीतिक प्रभाव पारेकोे ?
राजनीति हाम्रो समूहले गरेको छैन । हामीलाई सबै पार्टीको समर्थन छ । पदाधिकारीका रुपमा उम्मेदवार बन्न लागेका दुई जना व्यवसायीलाई राजनैतिक दलको दबाबमा चुनाव प्रचारप्रसार नगर्न, उम्मेदवारी नदिन ह्वीप लगाइयो । ह्वीप लगाउने दलबाहेकको सबै दलस“ग आस्था राख्नेहरु उम्मेदवारका रुपमा छन् । कुनै दलविशेषको राजनैतिक प्रभाव छैन । हामीले कुनै जात, धर्म, पार्टीको आधारमा व्यवसायीहरुलाई आफ्नो प्रभावमा पार्न खोजेका छैनौं । यी सबै चुनावी माहोल बिथोल्न लगाइएको मिथ्या आरोप हो ।
जातीय एजेण्डा उठाएर उवासंघको गरिमा खस्काउन लागेको आरोप छ नि ?
यो संस्थापन पक्षले चुनावी माहोल बनाउन हामी माथि लगाएको आरोप मात्रै हो । उवासंघको इतिहास राम्ररी केलाउँदा सत्य स्वतः बाहिर आउ“छ । हामीले भनिरहनु पर्दैन । हामीले नेवार वा ब्राहमण भनेर मत माग्दै हिडेका छैनौं । हामीले त उवासंघको क्षेत्रीय संघहरु माडी, मुग्लिन, खैरहनीलगायतका व्यवसायीहरुको पनि कुरा सुनिने वातावरण बनाउन नया“ नेतृत्व आवश्यक छ भनेका हौं । नारायणगढ तथा भरतपुरलाई मात्रै हेर्ने हो भनेपनि सबै जातका व्यवसायीहरु संघमा आबद्ध छन् । कुनै समुदायको बाहुल्यतालाई हामीले जातीय प्रभाव भनेका होइनौं । बरु संघ रोलक्रमअनुसार होइन, प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्नुपर्छ मात्र भनेका छौं । हाम्रो प्यानल बनाउ“दा जातीय आधारमा बनेको होइन ।
समृद्ध चितवन बनाउने खाका के छ तपाईंहरुसँग ?
चितवनको समग्र आर्थिक स्वरुपलाई विकास गर्न निजी क्षेत्रको सहभागिता वृद्धिका लागि हामी प्रतिबद्ध छौं । बजार क्षेत्र विस्तार गरिनुपर्छ । यसमा अब संघले पहल गर्नुपर्छ । औद्योगिक क्षेत्र निर्माण गर्ने प्रक्रियाबारे ढिलाइ गर्नु हुँदैन । संघीय संरचनामा जा“दा चितवनलाई प्रादेशिक राजधानी बनाउन दबाब दिने काम उवासंघले गर्नुपर्छ । नारायणनी नदी किनारलाई पर्यटकीय क्षेत्र बनाउन नगरपालिकास“गको विवाद हल गर्न लाग्नेछौं । चितवनलाई दोस्रो पर्यटकीय जिल्लाका रुपमा विकास गर्न स्थानीय निकाय तथा व्यवसायीस“ग समन्वय गर्नेछौं । ठोरी–केरुङ लोकमार्ग निर्माणका लागि केन्द्रसम्म पहल गर्नेछौं ।
नेतृत्व सहमतिमा चयन हुने सम्भावना बन्ला त ?
संघले रोलक्रममा नेतृत्व चयन गर्ने संस्कार बसालेको छ । हामी यो संस्कार सुधार हुनुपर्छ भन्दै समूह बनाएर चुनावी मैदानमा उत्रिएका छौं । नेतृत्व क्षमताका आधारमा हुनुपर्छ । व्यवसायीले जसलाई विश्वास गर्छन्, उसैले नेतृत्व पाउने हो । विधान पालना गर्दै उम्मेदवारी दिने तयारी गरेकाले सहमतिमा नेतृत्व साटासाट गर्ने पक्षमा हामी छैनौं । व्यवसायीहरुले पनि हामीलाई चुनावबाटै नेतृत्वमा पुग्नुपर्छ भन्दै सुझाव दिएका छन् । उवासंघको नेतृत्वभित्र बाहिरबाट जे भनिएपनि हामी उम्मेदवारी दिई छाड्छौं । चुनाव हुन्छ ।
(यी दुवै अन्तरवार्ता २२ पुस वुधबारको कायाकैरन दैनिक समाचारपत्रमा प्रकाशित छन्)

Leave a Reply

Your email address will not be published.