चौतारी सहकारीमा पुरी
चितवन, २२ पुस । चितवनको नारायणगढमा संचालित चौतारी वचत तथा ऋण सहकारी सस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा कृष्ण पुरी चयन हुनु भएको छ ।
त्यसैगरी उपाध्यक्षमा विष्णु कंडेल,सचिवमा उमानाथ तिमिल्सीना,सहसचिव शर्मिला खनाल र कोषाध्यक्ष गोपाल श्रेष्ठ चुनिनु भएको छ । कोषाध्क्षमा निर्वाचन भएको थियो भने अन्य पदाधिकारी पदहरुमा निर्वीरोध चयन भएको थियो ।
त्यसैगरी दुईजना महिला निर्विरोध चयन हुनुभएको छ । निर्विरोध हुनेमा कल्पना अधिकारी, र सुनिता भण्डारी हुनुहुन्छ । त्यस्तै संचालक समिति सदस्यहरुमा दिलप्रसाद न्यूरे,प्रकाशमणि ज्ञवाली र निलकण्ठ शर्मा न्यूरे निर्वाचित हुनुभएको छ । तीन सदस्यका लागि ५ जनाका विचमा कडा प्रतिष्पर्धा भएको थियो । त्यसैगरी लेखासमिति संयोजक महेन्द्र वाग्ले,सदस्यमा नानुमाया सापकोटा र टिकादेवी पाण्डे,छानिनुभएको छ ।
निर्वाचन कार्यक्रम अघि चौथो साधारणसभा एवम् दोस्रो अधिवेशनको उद्घाटन समारोहमा वोल्ने वक्ताहरुले सहकारी गाउदेखि शहरसम्म वित्तिय आधारको मेरुदण्ड भएकोले सरकारले विशेष महत्व दिनुपर्नेमा जोड दिएका थिए ।
सस्थाका अध्यक्ष अध्यक्ष विष्णुवहादुर लोहनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी डिभिजनका प्राचार्य केशव वहादुर थापाले चितवन सहकारीको जनजी भएकोले यहा संचालित सहकारी सस्थाको महत्व र उपादेयता भिन्न खालको भएको वताउनुभयो ।
त्यस्तै सस्थाका सल्लाहकारहरु रामहरी श्रेष्ठ,वामदेव खनाल,सस्थापक अध्यक्ष खेमराज पाण्डे,सगुन साकोसका अध्यक्ष तोयानाथ चालिसे लगायतले सहकारीका कारण स्थानीय स्तरमा व्यवसाय प्रर्वद्धन गर्न निकै मद्धत पुगेकोले सहकारीलाई पनि वैकं सरह मान्यता दिनुपर्नेमा जोड दिएका थिए । सस्थाका उपाध्यक्ष लक्ष्मी पोखरेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव कृष्ण पुरीले प्रगती प्रतिवेदन र कोषाध्यक्ष विमला पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।