उवासंघको चुनावको लागि दुवै टिम घरदैलोमा व्यस्त

चितवन, २१ पुस । उद्योग बाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि उम्मेदवार मतदातासँग भेट्न व्यस्त छन् ।
नारायणगढको मुख्य बजार पुल्चोक, सहिदचोक, लायन्सचोकका विभिन्न पसलहरुमा गएर व्यवसायीहरुसँग भेटघाट गरेर मत मागिरहेका छन् ।
व्यवसायीसँगको भेटका क्रममा आफूहरुलाई राम्रो प्रतिक्रिया र समर्थन आएको अध्यक्ष पदका उम्मेदवार सहनलाल प्रधानले बताए ।
आफ्नो प्यानल टिम सहित नै प्रत्येक व्यवसायीको घरघरमा पुगेको उनले बताए । मंगलबार विहान नारायणगढस्थित मेनरोड बजार व्यवस्थापन समितिसँग छलफल गरिएको उनले बताए ।
व्यवसायीहरुमाझ आफ्नो छवि राम्रो भएकाले चुनाव जित्नमा आफू्लाई कुनै असहज नभएको बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार राजु श्रेष्ठले बताए ।
प्रधान प्यानलबाट उपाध्यक्षहरुमा चुननारायण श्रेष्ठ, सुमन श्रेष्ठ र बद्री अधिकारी चुनावी मैदानमा रहेका छन् ।
प्रधान प्यानलबाट सदस्यहरुमा विपिन रामुदामु, रजनी मास्के, राजेन्द्र वली, नारायण प्रधान, नविन कँडेल, सिद्धार्थलाल चुके, बालकृष्ण कँडेल, बाबुराम कँडेल, प्रशान्तकुमार पिया, रोहित श्रेष्ठ, रविन्द्र केसी, बालकृष्ण कँडेल, शंकर नेपाल रहेका छन् ।
अर्को प्यानल राजन गौतम समूहले पनि घरदैलो गरिरहेका छन् । गौतम प्यानलबाट बरिष्ठ उपाध्यक्षमा ऋषिप्रसाद लामिछाने र उपाध्यक्षहरुमा भोजराज कौडेल, पुष्पनिधी लोहनी र विष्णु कँडेल रहेका छन् । सदस्य पदको भने अझै टुंगो लागि सकेको छैन । गौतम प्यानलमा संघको मुग्लिन एकाइबाट चन्द्रमणी सापकोटाले सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
पुस २७ र २८ गते उद्योग बाणिज्य संघ चितवनको ४९ औं साधारणसभा तथा अधिवेशन हुँदैछ ।

Leave a Reply

Your email address will not be published.