तीन महिनापछि नयाँ कार्यकारी अधिकृत

चितवन,२०,पुस ।
रत्ननगर नगरपालिकामा रिक्त भएको तीन महिनापछि नयाँ कार्यकारी अधिकृत आएका छन् । जिल्ला विकास समिति चितवनका योजना अधिकृत भरतकुमार थापा नयाँ कार्यकारी अधिकृतको रुपमा रत्ननगर आएका हुन् । असोज १२ गते यसअघिका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलिया सरुवा भई गएपछि सो पद रिक्त थियो । अर्को व्यवस्था नहुन्जेल सम्मका लागी थापा निमित्त कार्यकारी अधिकृतको रुपमा रत्ननगर आएका हुन् । नगरपालिकाको नगरपरिषद सम्पन्न गर्नका लागी सरकारले थापा रत्ननगर पठाएको वताईएको छ । नगरपालिकाको २० औं नगरपरिषद पुष २८ गते हुदैछ । तीन महिना सम्म पनि सरकारले नयाँ कार्यकारी अधिकृत नपठाएपछि नगरपालिकाका लेखा अधिकृत सिताराम पोखरेलले निमित्त कार्यकारी अधिकृतको भुमिका निर्वाह गर्दै आएका थिए । कार्यकारी अधिकृत विहीन हुँदा नगरपालिकाका ठुला योजनाका वजेट निकासाका लागी समस्या पर्दै आएको थियो । यस नगरपालिकामा आउने प्राय अधिकृतहरु राजनितिक दवावको कारण देखाउँदै सरुवा मागी जाने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.