संस्कृति जगेर्ना गर्ने खिचरा महोत्सव खैरहनी उच्च माविको परिसरमा हुने

कारी महतो
चितवन, २० पुस । चितवनको खैरहनीमा यही पुस २९ देखि माघ ३ गतेसम्म खिचरा महोत्सव हुने भएको छ । यस वर्षदेखि खैरहनी उच्च माविको परिसरमा महोत्सव गर्न लागिएको हो । खैरहनीमा हुने भएको छ ।

विगत दुई वर्षमा भएको खिचरा महोत्सव राजमार्गदेखि तीन किलोमिटर दक्षिणमा रहेको निमावि सुल्तानामा भएको थियो । तर यसवर्ष नाकाबन्दीले गर्दा इन्धन अभावका कारण दर्शकहरुलाई सुविधा होस् भनी पर्सा बजार नजिक महोत्सव गर्न लागेको मूल आयोजक समितिका संयोजक नारायणप्रसाद महतोले बताउनुभयो ।

विगत वर्षमा निकै कम स्टल रहेकोमा यसवर्ष स्टलको संख्या पनि बढ्ने भएको छ । महोत्सवका लागि स्टल बुकिङ्ग धमाधम भैरहेको छ । यस वर्ष थारु खानाका परिकारका स्टलका साथै अन्य स्टलहरुको संख्या पनि बढ्ने अनुमान गरिएको छ ।
यसवर्ष बाल उद्यान लगायत मनोरञ्जनात्मक खेलहरु पनि महोत्सव परिसरभित्र राखिनुका साथै राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने जनाइएको छ ।

लोकगायक मिलन लामा, शिव परियार, मनोज महतो, हरि योञ्जन लगायतका कलाकारहरु आउने निश्चित भैसकेकोसाँस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक जयश चौधरीले जानकारी दिनुभयो । महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि रु। २० टिकट शुल्क लाग्ने जनाइएको छ । महोत्सव परिसरमा निःशुल्क वाइफाइको समेत व्यवस्था गरिने छ ।

माघ १ गतेको दिन चौधरी पोलिक्लिनिकको सक्रियतामा निःशुल्क मधुमेह परिक्षण, माघ २ गते थारु कल्याणकारिणी सभा क्षेत्र नं। ७ कै आयोजनामा खुला रक्तदान कार्यक्रम, महोत्सव अवधिभर पाँच दिन निःशुल्क प्राथमिक उपचार केन्द्र रहने छ ।

Leave a Reply

Your email address will not be published.