सभागृहको ठाउमा खुलामञ्च निर्माण हुने संकेत

आशिष अधिकारी

चितवन, २० पुस । जिल्ला प्रहरी कार्यालय भरतपुर अगाडीको चौरमा निर्माण गर्ने भनिएको सभागृहको सêामा खुलामञ्च बन्ने भएको छ ।
पछिल्लो समयमा आएर सभागृह भन्दा खुलामञ्च निर्माण गर्न उपयुतm ठहरिएकोले गर्दा त्यस तर्फ हाम्रो ध्यान केन्द्रित भएको हो तत्कालीन भवन निर्माण समितिका सचिव एवं वर्तमान सभासद् कृण्णभतm पोख्रेलले भने–मैले योजना आयोगमा गएर पटक पटक खुलामञ्च बनाउन प¥यो भनेर पहल गरिरहेको छु ।
मञ्च निर्माणका लागि गत बर्ष नेपाल सरकारबाट १० लाख र जिल्ला विकास समिति चितवनबाट ५ लाख रुपैया निकासा भई आईसकेको छ–पोख्रेलले भने, २०७२ साल भित्रैमा मञ्च निर्माण कार्य सुरु गरि एक दुई बर्ष भित्रमा सम्पन्न गरिसक्ने योजना बनिरहेको छ ।
२०५८ साल माघ ११ गतेदेखि १८ गते सम्म सो स्थानमा सभागृह बनाउनको लागि भन्दै श्रीमद्भागवत सप्ताह तथा धनधानाञ्चल माहायज्ञको आयोजना समेत गरिएको थियो ।
तर तत्कालिन समितिका पदाधिकारीहरुको बिचमा तालमेल नमिल्दा सभागृह निर्माण कार्यले सार्थकता पाउन नसकेको समितिका उपाध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिए ।
उनका अनुसार शहिदमञ्च बनाएपछि मात्रै सभागृह निर्माणको कार्यलाई सचारु गर्ने योजना रहेको छ ।
यतिका लामो समय बित्यो तर अझै पनि यसको सुरुवात गर्न सकिने अवस्था नरहेको उनको भनाई छ ।
शहिद मञ्च निर्माण कार्य हाम्रो पहिलो प्राथमिकतामा छ त्यसपछि मात्रै सभागृहको प्रक्रिया अगाडि बढ्ने थपलियाले प्रष्टाए ।
समितिका पदाधिकारीहरु अझै सम्म पनि के निर्माण गर्ने भन्नेमा अन्योलमै रहेको प्रष्ट हुन्छ किनकी समितिका उपाध्यक्ष सहिद मञ्च बनाउने योजनामा अडिक देखिन्छन भने सचिव खुला मञ्च निर्माण गर्ने तयारीमा जुटेका छन् ।
विगत १५ बर्ष देखि चितवनबासीहरुले चाहेको नमूना सभागृह बन्ने या खुलामञ्च बन्ने भन्ने अन्यौलता अझै पनि कायमै देखिएको छ ।
देशमा आमूल परिवर्तन आएकोले सभागृह निर्माण हुन नसकेको समितिका कोषाध्यक्ष बद्रि तिमल्सेनाको भनाई छ ।
माहायज्ञबाट उठेको ६ लाख नगद रुपैया मध्ये ५ लाख रुपैया जग्गाको कम्पाउण्ड लगाउने काममा खर्च भएको छ उनले भने –बोलकबल रकम भने अझै सम्म पनि उठ्न बांकी नै छ । यज्ञबाट उठेको पैसा समितिका कुनै पनि पदाधिकारीहरुले एक पैसा पनि नखाएको बरु जग्गा छट््याउने बेलामा प्रहरीले सहयोग गरे वापत एक लाख रुपैया जिल्ला प्रहरी कार्यालय चितवनलाई दिईएको उनले बताए ।
उता समितिका अध्यक्ष ऋषिबाबु परियार भने त्यस ठाउमा खला मञ्च नबनाई सभागृह नै निर्माण गरिनुपर्ने दावी गर्छन ।
पूर्व सासंद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका अध्यक्ष परियारले पहिलेको शर्त वमोजिम सभागृह नै निर्माण हुनेछ, कसैले बहकाउमा आएर एक छिनको लागि भन्छ भने आफूलाई मान्य नहुने दावी गर्छन् ।
तर त्यसको छलफलको लागि समितिका पदाधिकारीहरु सगं बसेर छलफल गर्ने समय नै मिलेको छैन । उनी भन्छन अब म छिट्ैनै चितवन आएर सबै साथीहरुसगं बसेर यस बारेमा छलफल गरि ठोस निर्णय गर्ने छ ।

Leave a Reply

Your email address will not be published.