प्रधान प्यानल पसल–पसल पुगेर भने–“हामीलाई भोट दिनुहोला”

चितवन, पुस १९ । उद्योग वाणिज्य संघ चितवनको आसन्न निर्वाचन जति नजकिएको छ उत्तिनै माहोल तात्दै गएको छ । उम्मेदवारहरुले मत माग्न विभिन्न शैलीहरु अपनाउन थालेका छन् । शुक्रबार मतदाता परिचय पत्रका लागि दर्ता गर्ने कार्यसकिएसंगै अध्यक्षका उम्मेदवार सहनलाल प्रधानको प्यानल आक्रमक रुपमा प्रस्तुत भएका छन् ।
आईतबार प्रधान प्यानल घरदैलो गर्दै नारायणगढका सबै मतदाता व्यवसायी समक्ष पुगेका छन् । प्रधानसहितका उम्मेदवार मतदाता समक्ष पुग्दा मतदाताहरु खुशी भएका थिए । वर्तमान वरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनका अध्यक्षका उम्मेदवार सहनलाल प्रधानले मतदाता कहाँ पुग्दा निकै सकरात्मक प्रतिक्रिया पाएको बताए । उनले आफ्नो र प्यानलमा भएका उम्मेदवारहरुको बारेमा मतदाताहरुलाई बुझाउने र जानकारी गराउने कार्य चलिरहेको बताए । “आईतबार नारायणगढका करिव सबै व्यवसायी समक्ष पुग्यौं, सोमबार पनि निरन्तरता दिन्छौं, सकरात्मक सन्देश पाएका छौं”–अध्यक्षका उम्मेदवार प्रधानले भने ।
प्रधान प्यानलकै वरिष्ठ उपाध्यक्षका उम्मेदवार तथा वर्तमान प्रथम उपाध्यक्ष राजु श्रेष्ठले प्रचार–प्रसार अभियानलाई तिव्रता पारेको बताए । उनले केहीदिन पुरै मतदाता समक्ष पुग्न घरदैलो अभियानलाई जारी राख्ने बताए ।
यस्तै उपाध्यक्षका उम्मेदवारहरु चुननारायण श्रेष्ठ, सुमनकुमार श्रेष्ठ र बद्री अधिकारीले सक्रियताका साथ मतदाताहरुलाई भेटिरहेका छन् । आईतबार प्यानलका सबै पदाधिकारी उम्मेदवारहरु एक समूह भएर मतदाताहरुलाई भेटेका थिए ।
हालका द्धितिय उपाध्यक्ष एवंम वाणिज्य तर्फका उपाध्यक्ष पदका उम्मेदवार चुननारायण श्रेष्ठले आफ्नो उम्मेदवारी प्रति मतदाताहरु खुशी देखिएको बताए । उनले भने–“हामी समूह बनाएरै मतदाताहरुसंग पुग्दा उहाँहरुले निकै सकरात्मक हुनुभएको छ, आफ्नो र समग्र प्यानलको उम्मेदवारी बारे जानकारी गराएका छौं ।”
यस्तै अर्का उपाध्यक्षका उम्मेदवार सुमनकुमार श्रेष्ठले घरदैलो कार्यक्रम प्रभावकारी बनेको बताए । उनले मतदाता समक्ष पुग्दा सकरात्मक सन्देशका साथै व्यवसायी प्रतिको उत्तरदायित्व पनि भएकाले अभियानलाई तिव्रता दिएको बताए ।
अर्का उपाध्यक्षका उम्मेदवार बद्री अधिकारीले पनि घरदैलाई अभियानले सकरात्मक सन्देश दिएको र अभियानलाई तिव्रता पारेको बताए । उनले सधै व्यवसायिक हकहितका लागि लड्ने भएकाले व्यवसायिका घर–घरमा पुगेको बताए ।
संघको पुस २८ गते हुने निर्वाचन नजिकदै गएकाले उनीहरुले भेटघाटलाई निकै सक्रिय पारेका हुन् । अध्यक्षका दाबेदार प्रधानलगायत सबै पदाधिकारीहरु निकै बलिया उम्मेदवारको रुपमा देखिएको व्यवसायीहरु बताउँछन् ।
निर्वाचनमा अर्को राजन गौतम प्यानल मैदानमा उत्रिएको छ ।

Leave a Reply

Your email address will not be published.