मौरी ब्यवसायको हितका लागी सरकारका तर्फबाट ठोस निति आवश्यक

बिशाल सापकोटा

चितवन, १९ पुस । मौरी ब्यवसायको हित र दिगोपनका लागी सरकारका तर्फबाट ठोस निति ल्याउनु पर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन ।
आज रत्ननगर नगरपालिकाको सभाहलमा आयोजित हातेमालो सहकारी संस्थाको प्रारम्भिक साधारण सभामा बोल्ने बक्ताहरुले यस्तो जोड दिएका हुन । मौरी पालनमा आहार ब्यवस्थापन गरिनसक्दा जिल्लाबाट अन्यत्र लगरे उत्पादन गर्नु पर्ने बाध्यता रहेको बक्ताहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै कृषि तथा बन बिज्ञान बिश्व बिद्यालय चितवनका रजिस्टार प्राध्यापक डाक्टर सुर्यकान्त घिमिरेले मौरिपालन ब्यवसायी बिश्व बिद्यालय बिच सहकार्यको आवश्यकता रहेको बताउनुभयो । उहाँले मौरिका कारण खेतिको उत्पादन घट्ने भनि आम मानिसमा रहेको भ्रम चिर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले महको बजारीकरणमा अझै सफल हुन नसकेको भन्दै थप गृहकार्यको आवश्यकता औल्याउनु भयो । यस्तै कार्यक्रममा बोल्दै मौरिपालन केन्द्रिय सहकारी संघका अध्यक्ष अर्जुन पोख्रेलले ब्यवसायको हित र दिगोपनका लागी सबै उद्यमी एकजुट हुनु पर्नेमा जोड दिनुभयो । उहाँले मौरि पालनले स्वदेशमै रोजगारीको अवशर सिर्जना गर्न सक्ने भन्दै उत्पादन राम्रो भए निर्यात समेत गर्न सकिने सम्भावना रहेको बताउनु भयो ।
उद्घाटन सत्रमा बिशिष्ट अतिथी नेपाल मौरिपालन महासंघका अध्यक्ष राजेन्द्र गौतम, नेपाल मौरिपालक केन्द्रिय महासंघका अध्यक्ष अर्जुन पोख्रेल, नेपाल मौरिपालक महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष पदम अमागाई, पशुसेवा केन्द्र रत्ननगरका प्रमुख शालिकराम पौडेल, माधबपुर कृषि सहकारी संस्थाका अध्यक्ष रामकृष्ण पन्त, सिर्जनशिल महिला बचत तथा ऋण सहकारीका अध्यक्ष गिता देबकोटा, किसान प्रतिनिधी राम प्रसाद पौडेल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
हातेमालो मौरिपालन सहकारी सस्थाका अध्यक्ष प्रहलाद अर्यालको सभापतित्वमा सम्पन्न उदघाटन सत्रमा उपाध्यक्ष शिव प्रसाद शर्माले स्वागत मन्तब्य राख्नु भएको थियो । साधारण सभाले आजै नयाँ कार्यसमिती पनि चयन गर्ने छ ।

Leave a Reply

Your email address will not be published.