उद्योग वाणिज्य संघ चितवनमा चुनावको तयारी तीव्र


प्रकाश सिग्देल

चितवन, १९ पुस । उद्योग वाणिज्य संघ चितवनको नयां नेतिृत्व चयनका लागी चुनावी चहल पहल बढदै गएको छ । नेतिृत्वका आकांक्षीहरु प्यानल नै खडा गरेर आफ्नो पक्षमा माहोल बनाउन समुहगत कसरतमा व्यस्त देखिन्छन् ।
जाडो समय भएपनि उद्योग वाणिज्य संघ परिसर चुनावी माहोलले तातेको छ । प्रतिनिधी पत्र दर्ता गर्ने शुक्रबार अन्तिम दिन भएकाले व्यवसायीहरु प्रतिनिधी पत्र दर्ता गर्नमा व्यस्त देखिन्छन् भने नेतिृत्वका आकांक्षीहरु त्यहि माहोलको सदुपयोग गरी आफ्नो पक्षमा मत भारी बनाउने कसरतमा छन् ।
आगामी पुष २७ र २८ गते हुने साधारण सभाबाट नया नेतिृत्वको रुपमा आफुंलाई स्थापित बनाउन सहन प्रधानको नेतिृत्वमा संस्थापन पक्षले कसरत बढाएको छ भने, राजन गौतमको नेतृत्वमा फरक समुहले पनि प्रचार प्रसार कार्यलाई तिव्रता दिएको छ । दुई वटा समुहमा बरियता क्रमले हेर्दा सहन प्रधान उद्योग वाणिज्य संघमा निकै खारिएका र अनुभवि पात्र रहेका छन् । २०६२ सालबाट उद्योग बाणिज्य संघका प्रबेश गरेका उनि कार्यसमिति सदस्य तृतिय उपाध्यक्ष, प्रथम उपाध्यक्ष, हुंदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी समेत कुशल रुपमा पुरा गरि सकेका छन्, भने राजन गौतम कार्यसमिति सदस्य बाहेक अरु भुमिकामा छैनन् । उद्योग वाणिज्य संघको ईतिहासले पनि अनुभवि र बरियताका आधारमा अग्रस्थानमा रहने व्यतिले नै नेतृत्व लिन सवल भएको देखाएको छ ।
यता राजन गौतमले पनि आफुले संघमा धेरै समय काम गर्न नपाएको भएपनि व्यवसायीले रोजेको र समस्या बुझेको पात्र भएकाले नेतिृत्वको जिम्मेवारी वहन गर्न चाहेको बताउंछन् । उनी यस अघि पनि सहन प्रधान संगै वरिष्ठ उपाध्यक्षमा हार बेहोरेका थिए ।
संस्थापन पक्ष तर्फ अध्यक्षमा सहन प्रधान, वरिष्ठ उपाध्यक्षमा राजु श्रेष्ठ, प्रथम उपाध्यक्षमा चुन नारायण श्रेष्ठ, उपाध्यक्षमा बद्रि अधिकारी र अर्को उपाध्यक्षमा सुमन श्रेष्ठले उम्मेद्वारी दिने घोषणा गरेका छन् । त्यस्तै फरक पक्षबाट अध्यक्षमा राजन गौतम, वरिष्ठ उपाध्यक्षमा ऋषि लामिछाने, उपाध्यक्षमा विष्णु कंडेल, र अर्को उपाध्यक्षमा भोजराज कौडेलले उम्मेद्वारी घोषणा गरेका छन् ।
नेपालको वैकल्पिक राजधानीको रुपमा हेरिएको चितवन शिक्षा स्वास्थ्य, सञ्चार, यातायातका क्षेत्रमा तिव्र रुपमा अगाडि बढेको भएपनि आद्योगिक रुपमा भने त्यति सबल हुन सकेको छैन् ।
भुगोलको हिसाबले निकै उपयोगी यो भुमिमा उद्योग प्रतिष्ठान संञ्चालन गर्ने व्यवसायीहरुले औघोगिक क्षेत्र स्थापनाको माग गरेका छन् भने अन्य साना व्यसायीको आफ्नै समस्याहरु छन् ।
त्यस्तै, आम सर्वसाधारणले ठुला ठुला आयोजना सञ्चालन गरि चितवन र छिमेकी जिल्ला वासिको आर्थिक विकासका लागी काम गर्नु पर्ने अपेक्षा राखेका छन् । उद्योग वाणिज्य संघको अबको नेतिृत्व आर्थिक र औद्योगिक विकास संग हातेमालो गरी आर्थिक अभियान लाई सबल बनाउने खालको आउनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published.