देवदह–१० मा बस दुर्घटना हुदा ६ जनाको मृत्यु

बुटवल ,पौष १९ । रुपन्देहीको देवदह–१० मा बस दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ । १६ जना घाईते भएका छन् ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । ज्यान गुमाएकामध्ये ४ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ । ५ जनाको घटनास्थलमै र १ जनाको लुम्विनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ५ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।

नारायणघाटबाट नेपालगञ्ज तर्फ जादै गरेको ना ४ ख ८६४१ न् को बस घोडाहा जंगलमा पल्टिदा उक्त दुर्घटना भएको हो । ज्यान जानेमध्ये बर्दिया तारातालका २२ वर्षिय कुशल शर्मा, कञ्चनपुर भिमदत्त नगरपालिका ५ का ३५ वर्षिय प्रकाश शाही, रुपन्देही देवदेहकी ३५ वर्षिया शान्ति दर्जी र बाराका ३२ वर्षिय चुरक शाहको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मृतक मध्ये एक बसको कन्टयाक्टर पनि परेको देवदह प्रहरी चौकीले जनाएको छ । बस सडकबाट करिव १२५ फिट पर गएर पल्टिएको देवदह प्रहरी चौकीका ईञ्चार्ज गिरीराज अर्यालले बताउनु भयो ।

प्रहरीका अनुसार नारायणघाटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ६८४१ नम्बरको बस रुपन्देहीको देवदेह नगरपालिका १० घोडाहा जंगलमा अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ४ जनाको थप उपचारका लागि भरतपुर रेफर गरिएको छ भने अरु १२ जना लुम्बिनी अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published.