गणतन्त्र पछि मौलाएको साहित्य

चितवन, १८ पुस । गणतन्त्र नेपाली जनताले लामो समयको प्रयास पछि प्राप्त गरेको उपलब्धी हो । यसलाई संस्थागत गर्न अहिले पनि थुप्रै चुनौतीहरु हामी सामु रहेको छ । गणतन्त्र ल्याउनको लागि विभिन्न क्षेत्र, पेशा, व्यवसायमा संलग्न व्यक्तिहरुले विभिन्न प्रयासहरु गरेका थिए ।
नेपाली साहित्यिक क्ष्ँेत्रमा पनि गणतन्त्र अघि र पछि विभिन्न विचार विमर्शहरु गर्न थालिएको छ । कविता लेखनमा पनि गणतन्त्र पछि र अघि विभिन्न परिवर्तन आएका छन् । यसै सन्दर्भमा शनिवार गणतन्त्र पछिका कविता, विषयक बहस कार्यक्रम भरतपुरमा आयोजना गरिएको छ । ८० औं भुपि जयन्तीको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । प्रगतिशिल लेखक संघ चितवनले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका सहभागीहरुले गणतन्त्र पछिका कविताहरु जातिय सांस्कृतिक मुद्धा, सामाजिक उतारचढाव र लैंगिक मुद्धामा केन्द्रित भएको विश्लेषण गरिएको छ । कार्यक्रममा बोल्दै कवि तथा साहित्यकार श्यामलले कविको चेतनामा गणतन्त्र छ भने कवितामा गणतन्त्र आउने बताएका छन् । गणतन्त्रको कुराहरु गरिरहंदा राउटेसम्म, चेपाङसम्म गणतन्त्रको महसुस भयो कि भएन भनेर बुझ्न आवश्यक रहेका बताएका छन् । उनका अनुसार गणतन्त्र अगाडि सम्म नेपाली कविता सामाजिक प्रवृतिका थिए भने पछि राजनितिको प्रभाव परेको र व्यांग्यात्मक भएको पनि टिप्पणी गरेका छन् । सुन्दरता विना कविता पुर्ण नहुने पनि कवि श्यामलको भनाई छ ।
कवि तथा साहित्यकार भुपिनका अनुसार नेपाली कवितामा सांस्कृतिक विविधताका रंगहरु पछिल्लो समयमा देखा परेको छ । कार्यक्रममा टिप्पणी गर्दै कवि भुपिनले परिवर्तनलाई आत्मसाथ गर्न चाहाने र नचाहानेहरु गरी २ प्रकारका कविहरु समाजमा रहेको बताएका छन् । कार्यक्रममा कविताको विविधतामा ध्यान दिने बेला फेरी पनि आएको बताइएको छ । केहीले भने गणतन्त्र आउनु पुर्व पनि गणतन्त्र उन्मुख कविताहरु लेखिएको बताएका छन् । कार्यक्रममा बहस गर्दै सहभागीहरुले द्धन्द्धको असरलाई सकरात्मक र नकरात्मक ढंडले कवितामा प्रस्तुत गरिएको बताएका छन् भने गणतन्त्रणलाई संस्थागत गर्न र संरक्ष्ँण गर्न आम समुदायलाइर्रु प्रेरित गर्ने कविताहरु पनि लेखिएको बताएका छन् ।
नयां आएका कविहरुलाई पनि चिन्न र पढ्न आवश्यक रहेको सहभागीहरुको भनाई छ । सो अवसरमा कवि भुपिलाई सम्झदै प्रगतिवादी कवि इशवर चन्द्रले तत्कालिन परिवेशमा समेत शक्तिशाली कविको रुपमा उभिएका कविको रुपमा चित्रण गरेका छन् । बहस कार्यक्रममा कवि श्यामल, इश्वर चन्द्र ज्ञवाली, रेशम विरही र भुपिनलाई विभिन्न प्रश्नहरु गरिएको थियो । कार्यक्रमको सहजिकरण प्रगतिशिल लेखक संघ चितवनकी अध्यक्ष्ँ सरिता तिवारीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.