बेवारिसेलाई व्यक्तिलाई संरक्षण दिँदै मानव सेवा आश्रम

चितवन, १८ पुस । विगत दुई वर्षदेखि चितवनमा आफ्नो सेवा सञ्चालन गर्दै आएको मानवसेवा आश्रमले अहिले २७ जनालाई सेवा दिदै आएको छ । आश्रमले सडकमा रहेका बालबालिका, युवा तथा वृद्धहरुलाई सो आश्रममा राखेर सेवा दिदै आएको हो ।
जस मध्ये १६ जना महिला, ८ जना पुरुष र तीन जना वालवालीका रहेको शनिबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको थियो । रातको समयमा सडक सेवामा लागेर आफ्नो घरपरिवार वाट टाढा भएकाहरु लाई सेवा दिदै आउको सो संस्थाको प्रधानकार्यालय हेटौडा रहेको छ । सो वाहेक चितवन र काठमाडौमा शाखा कार्यालय स्थापना गरी सेवा दिदै आएको हो । संस्थाले अहिलेसम्म चार सय भन्दा वढि व्याक्तिहरुलाई सेवा दिईसकेको जस मध्ये ८० जनालाई पारीवारिक मिलन गराई सकेको छ भने १३ जनाको आश्रममा नै मृत्यू भएको बताइएको छ ।
विक्रम संम्वत २०७१ साल जेष्ठ १ गतेदेखि चितवनमा सञ्चालनमा आएको आश्रमले पछिल्लो समय चितवमा नै चितवन मानव सेवा आश्रमको नाममा नयाँ दर्ता भएपछि पूरानो संस्थाले छुट्टै आफ्नो कार्यक्रम सञ्चालन गरेको छ । सडकपेटीमा आफ्नो जीवन विताएका नागरिकको जिवनलाई सुखद वनाउनका लागि यो कार्य सञ्चालन गरीएको सो अवसरमा जानकारी दिईएको थियो । आगामी २ वर्षमा देशका अन्य ५ जिल्लामा शाखा कार्यालयहरु सञ्चालन गर्ने लक्ष्यमा रहेको आश्रमले चितवनमा ५० जना सम्मलाई सेवा दिन सक्ने चितवन शाखाका संयोजक होमनाथ तिमिल्सीनाले जानकारी दिएका छन् ।
सडकमा भौतारिएर रहेका व्यक्तिहरुलाई आश्रममा ल्याएर उद्धार गर्ने काममा ११ जना अभियान्ताहरु संलग्न रहेको शनिबारको कार्यक्रममा जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published.