चेपाङलाई न्यानो कपडा र खाद्यान्न

चितवन,१८,पुस ।
सत्यसाई केन्द्र पूर्व काडमाडौं समिति र सत्यसाई केन्द्र क्षेत्रीय समिति चितवनले चितवनका दुई पहाडी गाविसमा वसोवास गर्ने चेपाङहरुलाई कपडा र खाद्यान्न सहयोग गरेका छन । पूर्वी चितवनको भण्डारामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी दुई संस्थाले लोथर र कोराकका चेपाङहरुलाई कपडा र खाद्यान्न वितरण गरिएको हो । लोथरका ६० घर घुरी र कोराकका ५५ घर धुरीलाई जाडोमा ओढने कम्मल र खानको लागि चामल,नुन सहयोग गरिएको सत्यसाई केन्द्र पूर्व काडमाडौं समितिका अध्यक्ष शंकर कुमार श्रेष्ठले जानकारी दिए । सत्यसाई केन्द्र पूर्व काडमाडौं समितिले लोथरका ६० घर धुरीलाई २÷२ वटा कम्मल,६÷६ किलो चामल र नुन सहयोग गरिएको थियो । जाडोले रात काट्न समस्या झेल्दै आएका चेपाङहरु ओढने कम्मल पाएपछि खुसी भएर घर फर्किएका छन ।

Leave a Reply

Your email address will not be published.