जनप्रगति सहकारीको साधारण सभा

चितवन,१८,पुस ।
पूर्वी चितवनको बछौलीमा रहेको जनप्रगति सहकारी संस्था लि.को १८ औं बार्षिक साधरण सभा आज सम्पन्न भएको छ । जिल्ला सहकारी संघ भरतपुरका अध्यक्षल टीकाराम भट्टराई प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका व्यवस्थापक कृष्ण प्रसाद सापकोटाले आर्थिक प्रतिवेदन तथा भावि कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तित्वहरु तथा संस्थालाई आर्थिक सहयोग गर्ने संस्थाहरुलाई पुरस्कृत र सम्मान गरिएको अध्यक्ष निलकण्ठ रिजालले जानकारी दिनुभयो । संस्थाले बढि कारोवार गर्ने बुधुना चौधरी,वालसिंह चौधरी र पवित्रा परियालाई पुरस्कृत तथा जेष्ठ शेयर सदस्यहरु रविलाल न्यूरे,सुखलाल चौधरी,उत्तम कुमारी अर्याल र गोपाल प्रसाद अधिकारीलाई सम्मान गरेको थियो । त्यसैगरी संस्थालाई आर्थिक सहयोग गर्ने जिल्ला सहकारी संघ,रत्ननगर नगरपालिका,जनकौली मध्यवर्ती सामुदायिक वन र बाघमारा मध्यवर्ती सामुदायिक वनलाई पनि सम्मान गरिएको संस्थाका अध्यक्ष रिजालले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघका जिल्ला सदस्य प्रेमनाथ दुवाडी,बछौली सेवा केन्द्रका प्रमुख वासुदेव रिजाल,साना किसान कृषि सहकारी संस्था बछौलीका अध्यक्ष गोपी लम्साल,जिल्ला प्रतिनिधि गोविन्द प्रसाद रिजाल लगायतले वोल्नुभएको थियो । संस्थाका अध्यक्ष रिजालको अध्यक्षतामा भएको सो कार्यक्रम लेखा समितिका संयोजक रामचन्द्र सापकोटाले सञ्चालन गर्नुभएको थियो ।