नेतृत्वको टुंगो चुनावी प्रक्रियाबाट हुने, उम्मेदवारहरु व्यवसायीहरुसँग नियमित भेटघाटमा व्यस्त

चितवन, पुस १७ । उद्योग बाणिज्य संघ चितवनको नेतृत्वको टुंगो चुनावी प्रक्रियाबाट हुने देखिएपछि उम्मेदवारहरु व्यवसायीहरुसँग नियमित भेटघाटमा व्यस्त छन् । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वर्तमान वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानको प्यानलले शुक्रबार पनि आफ्नो भेटघाट नै तिव्रता दिएको छ ।

प्रधानको प्यालनले होटल व्यवसायी संघको टोलीसँग भेटघाट गरेको र भेटको क्रममा होटल व्यवसायीहरुले आफूहरुको यस प्यानललाई पूर्ण समर्थन हुने बताएको अध्यक्ष पदका उम्मेदवार प्रधानले जानकारी दिए ।

यसअघि पनि होटल संघसँग भएका विभिन्न समस्याहरु समाधानका लागि वर्तमान नेतृत्व निकै सक्षम रहेको भन्दै होटल व्यवसायी संघले सहन प्रधानको समूहलाई जिताउन प्रतिवद्ध रहेको प्रतिक्रिया दिएका छन् ।

बरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान आगामी नेतृत्वको लागि अध्यक्ष पदमा र हालका प्रथम उपाध्यक्ष राजु श्रेष्ठ बरिष्ठ उपाध्यक्ष पदमा चुनावी मैदानमा उत्रदैछन् ।

त्यस्तै प्रधान प्यानलबाटै उपाध्यक्षहरुमा चुननारायण श्रेष्ठ, सुमन श्रेष्ठ र बद्री अधिकारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published.